फ्लिपकार्टद्वारा आफ्नो ध्वजवाहक बिक्री कार्यक्रम “क्राफ्टेड बाय भारत’ को आठौं संस्करणको घोषणा

भारतको ई-व्यापारको दिग्गज फ्लिपकार्टले भारतको 78औं स्वाधीनता दिवसको अवसरमा आफ्नो प्रमुख बिक्री कार्यक्रम “क्राफ्टेड बाय भारत” को आठौं संस्करणको घोषणा गरेको छ।

यस कार्यक्रममा प्रसिद्ध ब्राण्डहरूको 25,000 भन्दा अधिक हस्तशिल्प उत्पाद तथा 100 भन्दा अधिक पारम्पारिक कला रूपहरूको प्रदर्शन गरिने छ। फ्लिपकार्ट समूहका प्रमुख कर्पोरेट मामिलाका अधिकारी रजनीश कुमारले स्थानीय हस्तशिल्पलाई बढ़ावा दिने अनि फ्लिपकार्ट समर्थ कार्यक्रमको माध्यमद्वारा एमएसएमईलाई समर्थन दिनको निम्ति कार्यक्रमको प्रतिबद्धतामाथि जोर दिएका छन्।

यो आयोजन बिक्रेताहरूको दृश्यता बढ़ाउँछ अनि उनीहरूलाई डिजिटल बजारमा अघि बढ़ाउनको निम्ति सशक्त बनाउने छ।