क्षेत्रमा ११००० डायरेक्ट र हजारौं इनडायरेक्ट रोजगारीहरू सिर्जना गर्न

पूर्वी भारतमा लाखौं बिक्रेता, कारीगर र रोजगारी योग्य युवाहरूको लागि ठूलो मात्रामा उद्यमशीलता र रोजगारीका अवसरहरू सिर्जना गर्ने दिशामा एक प्रमुख कदमको रूपमा, फ्लिपकार्ट, भारतको स्वदेशी ई-कमर्स मार्केटले आज भारतको हरिन्घाटा, पश्चिम बङ्गालमा सबैभन्दा ठूलो फुलफिलमेण्ट सेण्टरको उद्घाटनको घोषणा गर्यो। हरिन्घाटा, पश्चिम बङ्गालमा सबैभन्दा ठूलो फुलफिलमेण्ट सेण्टर टेक-इनेबल्ड सुविधा जसले ११,००० भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना गर्नेछ र राज्य र उत्तर-पूर्वी क्षेत्रका लगभग २०,००० बिक्रेताहरूलाई समर्थन गर्नेछ, माननीय मुख्यमन्त्री ममता बनर्जी (अन्य महत्त्वपूर्ण सहभागीहरूको नाम थपिनेछ) द्वारा बङ्गाल ग्लोबल बिजनेस समिट (बीजीबीएस) को समयमा उद्घाटन गरिएको थियो।
कोलकाताबाट ५० किलोमिटर टाढा रहेको बिग बक्स सुविधासँग ११० एकडमा फैलिएको इण्टीग्रेटेड सप्लाई चेन म्यानेजमेण्ट छ। यसले पश्चिम बङ्गाल र उत्तर पूर्व क्षेत्रका हजारौं विक्रेताहरूलाई राष्ट्रिय बजार पहुँचसँग जोड्न बलियो सप्लाई चेन इण्फ्रास्ट्रक्चरको उपलब्धतासँगै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्नेछ र साथै बढ्दो ग्राहकको मागलाई पनि पूरा गर्नेछ।

६ मेजानिन तहमा ५ मिलियन क्यूबिक फिट भण्डारण भएको हरिन्घाटा फुलफिलमेण्ट सेण्टरको कुल निर्माण क्षेत्र २ मिलियन वर्ग फिट हुनेछ । यो सुविधा अत्याधुनिक प्रविधिहरू जस्तै स्वचालित भण्डारण र रेटरिभल, रोबोटिक प्याकेजिङ आर्म्स, क्रस बेल्ट सॉर्टर र ९ किलोमिटर लामो नेटवर्क कन्भेयर बेल्टले शिपमेन्ट मुभमेन्टमा ३५%-५०% ले टर्नअराउन्ड समय घटाउन डिजाइन गरिएको हो। सिस्टम-ड्रिभन टास्क डिस्ट्रीब्यूशन, भण्डारणमा स्वचालन, प्रोसेस र अलोकेशनको साथ, यो एफसी ग्राहकहरू र विक्रेताहरूको इकोसिस्टमको लागि मूल्य सिर्जना गर्न डिजाइन गरिएको हो।

दिगो सप्लाई चेन निर्माण गर्न फ्लिपकार्टको प्रतिबद्धताको प्रमाणमा, हरिन्घाटा सुविधाले नयाँ आईजीबीसी ग्रीन लजिस्टिक पार्क र वेयरहाउस रेटिङ सिस्टम को वेयरहाउस कैटेगरी अन्तर्गत इण्डियन ग्रीन बिल्डिङ्स काउन्सिल (आईजीबीसी) द्वारा अस्थायी रूपमा प्रमाणित गरिएको भारतको पहिलो ई-कमर्स सुविधाको रूपमा अद्वितीय गौरव प्राप्त गरेको छ। रेटिङ सिस्टम देशमा लजिस्टिक पार्क, वेयरहाउस र अन्य भण्डारण सुविधाहरूमा दिगोपनलाई सम्बोधन गर्नको लागि ‘पहिलो प्रकारको र विशेष रूपमा’ विकसित फ्रेमवर्क हो। यसले कार्बन एममिसिन कमी, एनहण्सड एनर्जी र पानीको बचत, रेनवाटर हार्भेस्टिङ, रिसोर्स म्यानेजमेण्ट, बायो डाइभर्सिटी प्रोटेक्शन , अप्टिमाइज लिड टाइम, एनहण्सड स्टोरेज स्पेस यूटिलाइजेशन, राम्रो स्वास्थ्य र अक्युपेंट्सहरूको कल्याण, र कार्यबलको उच्च उत्पादकता जस्तै धेरै आयामहरूलाई एकीकृत गर्दछ।

पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री ममता बनर्जीले भने, “यो ठूलो गर्वको कुरा हो कि पश्चिम बङ्गालले अब देशको सबैभन्दा ठूलो फुलफिलमेण्ट सेण्टरहरू मध्ये एक हुनेछ किनभने भारतको ई-कमर्स लजिस्टिक उद्योगले हरिन्घाटामा फ्लिपकार्टको अत्याधुनिक फ्यूचरिस्टिक फुलफिलमेण्ट सेण्टरको स्थापनासँगै एक कदम चालेको छ।यस क्षेत्र र यसका नागरिकहरूको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र देशमा दिगो र प्रविधि-सक्षम भण्डारण इण्फ्रास्ट्रक्चरको विकासको लागि उद्योगमा नयाँ बेन्चमार्कहरू सेट गर्ने यो उपलब्धि हासिल गर्नमा म फ्लिपकार्टको सम्पूर्ण टोलीलाई बधाई दिन्छु। एक प्रगतिशील राज्यको रूपमा, पश्चिम बङ्गाल कम्पनीहरूलाई नयाँ इण्भेस्टमेण्ट गर्नको लागि अनुकूल वातावरण सिर्जना गर्न अग्रपंक्तिमा छ र उनीहरूसँग मिलेर काम गर्दछ।

फ्लिपकार्ट ग्रुपका चीफ एक्सिक्युटिभ अफिसर कृष्णमूर्तिले भने, “इ-कमर्ससँग विक्रेता, ग्राहक, कारीगर, किराना र किसान समुदायको इकोसिस्टमका लागि साझा मूल्य सिर्जना गर्दा प्रत्येक भारतीयलाई साँच्चै जोड्ने शक्ति छ। एक बलियो सप्लाई चेन लाखौं साना र ठूला व्यवसायहरूलाई जोड्ने मेरुदण्ड हो, र एक स्वदेशी ई-कमर्स बजारको रूपमा, हामी देशको आर्थिक वृद्धिको लागि यो अवसर अनलक गर्न इण्फ्रास्ट्रक्चर, टेक्नोलजी र प्रतिभामा लगानी गर्न प्रतिबद्ध छौं। हरिन्घाटा फुलफिलमेण्ट सेनण्टरको शुभारम्भले सप्लाई चेन इण्फ्रास्ट्रक्चरलाई अझ सुदृढ बनाउनेछ र देशमा टेक्नोलजी लेड मडर्न वेयरहाउसिङ इण्फ्रास्ट्रक्चर निर्माणमा महत्त्वपूर्ण माइलस्टोन हो। हामी गर्व गर्छौं कि यो हाम्रा मानिसहरू र ग्रहको लागि राम्रो गर्नको लागि हाम्रो सञ्चालनको शक्ति संयोजन गर्ने हाम्रो सबैभन्दा सस्टेनेबल फैसिलिटी मध्य एक हो।”

सन् २०१९ मा निर्माण सुरु भएको यो फैसिलिटी सम्पन्न हुन दुई वर्ष लाग्यो। यसको निर्माणमा टेक्नोलजी र सस्टेनेबिलिटीका विभिन्न पक्षहरू समावेश गर्दै अक्टोबर २०२१ मा सम्पन्न भएको थियो। फ्लिपकार्ट ग्रुपको बारेमा फ्लिपकार्ट ग्रुप भारतको अग्रणी डिजिटल कमर्स एन्टिटीसहरू मध्ये एक हो र यसमा ग्रुप कम्पनीहरू फ्लिपकार्ट, मिंत्रा, फ्लिपकार्ट होलसेल, फ्लिपकार्ट हेल्थ+ र क्लियरट्रिप समावेश छन्। यो ग्रुप फोनपे मा बहुसङ्ख्यक सेयरहोल्डर पनि हो, जुन भारतको अग्रणी पेमेण्ट एपहरू मध्ये एक हो
२००७ मा सुरु भएको, फ्लिपकार्ट ले ८०+ कोटिहरूमा १५० मिलियन भन्दा बढी उत्पादनहरू प्रस्ताव गर्दै, ४०० मिलियन भन्दा बढीको दर्ता ग्राहक आधारको साथ, लाखौं उपभोक्ताहरू, बिक्रेताहरू, व्यापारीहरू, र साना व्यवसायहरूलाई भारतको डिजिटल कमर्स क्रान्तिको हिस्सा बन्न सक्षम बनाएको छ। भारतमा कमर्स प्रजातन्त्रीकरण, पहुँच र किफायतीता, ग्राहकहरूलाई खुसी पार्ने, इकोसिस्टममा लाखौं रोजगारी सिर्जना गर्ने र उद्यमी र एमएसएमईहरूलाई सशक्त बनाउने हाम्रो प्रयासले हामीलाई धेरै उद्योगहरूमा नवप्रवर्तन गर्न प्रेरित गरेको छ। फ्लिपकार्ट अग्रगामी सेवाहरू जस्तै क्याश अन डेलिभरी, नो कॉस्ट ईएमआई र इजी रिटर्नको लागि परिचित छ र यस ग्राहक-केन्द्रित आविष्कारहरूले लाखौं भारतीयहरूका लागि अनलाइन किनमेललाई थप पहुँचयोग्य र सजिलो बनाएको छ। यसका ग्रुप कम्पनीहरूसँग मिलेर, फ्लिपकार्ट टेक्नोलोजी मार्फत भारतमा कमर्स परिवर्तन गर्न प्रतिबद्ध छ।

थप जानकारीको लागि, कृपया media@flipkart.com लाई सम्पर्क गर्नुहोस्

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *