● अनलाइन कारोबार गर्न सजिलो हुनेबारे जागरूकता फैलाउन र बजारको पहुँच विस्तार गरी शिल्पकार तथा बुनकरहरूलाई फ्लिपकार्ट प्लेटफर्ममा आफ्ना उत्पादहरू बेच्न सक्षम तुल्याउन यस कार्यशालाको उद्देश्य हो।
● 50 भन्दा बढ़ी शिल्पकार र बुनकरहरूले इ-कमर्शको परिदृश्यबारे गहिरो समझ हासिल गरे जसमा उत्पाद सूचीकरण, प्रभावकारी लोजिस्टिक अनि व्यवसाय वृद्धिका उपायहरू सामेल छन्।
कालना, पश्चिम बङ्गाल, 9 जून, 2025 : भारतको स्वदेशी ई-कमर्श मार्केटप्लेस फ्लिपकार्टले पश्चिम बङ्गाल सरकारसित साझेदारीअन्तर्गत आज कालनामा एक कार्यशाला आयोजना गर्योा। यो कार्यशाला भारतको तीव्र गतिमा बिस्तार हुँदै गरेको डिजिटल अर्थतन्त्रमा समावेश गरेर स्थानीय शिल्पकार तथा बुनकरहरूको सशक्तिकरण गर्न डिजाइन गरिएको थियो। सहभागीहरूलाई फ्लिपकार्ट मार्केटप्लेसमा अनलाइन व्यापार आरम्भ गर्न साथै व्यापार बढ़ाउन आवश्यक ज्ञान र उपकरणहरू प्रदान गरियो। कार्यक्रममा कालनाका महकुमा शासक श्री शुभम अग्रवाल; कालनाका डेपुटी म्याजिष्ट्रेट श्री कृष्ण चन्द्र मुण्डा; पूर्वस्थली 1 ब्लकका बीडीओ श्री सञ्जय सेनापति; बर्धमानका डिष्ट्रिक्ट ह्याण्डलूम अफिसर श्री रञ्जित मैती तथा बर्धमान जिल्लाका खादी भिलेज इण्डष्ट्रिज बोर्डका श्री मानस गोस्वामीको उपस्थिति रहेको थियो।
स्थानीय समुदायहरूलाई स्वरोजगार र उद्यमशीलताका लागि सक्षम बनाउनु कार्यशालाको उद्देश्य थियो। फ्लिपकार्टको मार्केटप्लेस सुविधाहरूबारे जानकारी दिन र बुनकर तथा शिल्पकार समुदायलाई राष्ट्रिय बजारसम्म पहुँच दिन आवश्यक उपकरण र ज्ञान दिन यो कार्यक्रम आयोजना गरिएको थियो। पश्चिम बङ्गाल सरकारको सहकार्यमा आयोजित यस कार्यशालामा 50 भन्दा बढ़ी शिल्पकार र बुनकरहरूको सहभागिता रहेको थियो।
यस सहकार्यबारे बोल्दै फ्लिपकार्ट समूहका चिफ कर्पोरेट अफेयर्स अफिसर रजनीश कुमारले भने, “पश्चिम बङ्गाल सरकारसित हाम्रो साझेदारीले भारतभरि डिजिटल समावेशीकरणप्रति फ्लिपकार्टको प्रतिबद्धता देखाउँछ। यस सहकार्यमार्फत हामी कालनाका शिल्पकारहरूका लागि नयाँ आर्थिक अवसरहरू सिर्जना गर्दैछौँ जहाँ प्रविधिबाट सशक्त बनाइएको नयाँ पुस्ताको उद्यमशीलता विकास हुने विश्वास गरेका छौँ। समर्थ कार्यक्रम डिजिटल खाड़ललाई हटाउँदै उपेक्षित समुदायलाई ई–कमर्शमार्फत आत्मनिर्भर बनाउने दृष्टिकोणमाथि आधारित छ। मार्गदर्शन, स्रोत र सहयोगको माध्यमबाट फ्लिपकार्ट ग्रामीण व्यवसायहरूलाई भारतको आर्थिक वृद्धिको मूलधारमा समावेश गराउन समर्पित छ।”
फ्लिपकार्ट समर्थले भारतभरि सेवाबाट वञ्चित समुदायहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। 2019 मा आरम्भ गरिएको फ्लिपकार्ट समर्थ कार्यक्रम देशव्यापी पहल हो जसले एमएसएमई, शिल्पकार र पछाड़िएका वर्गहरूलाई समावेशी राष्ट्रिय डिजिटल प्लेटफर्म उपलब्ध गराई नयाँ विकासको अवसरहरू खोलिदिन्छ साथै देशव्यापी डिजिटल प्लेटफर्मले राम्रो जीवन यापनका लागि क्षमता विकास गर्न सहयोग गर्दछ। यस कार्यक्रमले राज्य तथा केन्द्रीय मन्त्रालयहरू, सरकारी विभागहरू तथा अन्य निकायहरूसित रणनीतिक संलग्नता र सहकार्यमार्फत उल्लेखनीय वृद्धि गरेको छ।
फ्लिपकार्ट समूहबारे
फ्लिपकार्ट समूह भारतकै अग्रणी डिजिटल व्यापार संस्था हो जसअन्तर्गत फ्लिपकार्ट, मिन्त्रा, फ्लिपकार्ट होलसेल, क्लियरट्रिप र सुपर.मनी समूह कम्पनीहरू पर्दछन्। 2007 मा स्थापना भएको फ्लिपकार्टले लाखौँ विक्रेताहरू, व्यापारीहरू र साना व्यवसायहरूलाई भारतको डिजिटल क्रान्तिमा सहभागी बनाएको छ। 500 मिलियनभन्दा बढ़ी पञ्जीकृत प्रयोगकर्ताहरू रहेका फ्लिपकार्ट मार्केटप्लेसमा 80 भन्दा अधिक वर्गका 150 मिलियनभन्दा बढ़ी उत्पादहरू उपलब्ध छन्। आज फ्लिपकार्ट प्लेटफर्ममा शप्सी विक्रेतासहित 14 लाखभन्दा अधिक विक्रेता समावेश छन्। प्रविधि र नवप्रवर्तनमार्फत मूल्य प्रदान गर्दै प्रत्येक भारतीयलाई सशक्त र खुशी पार्ने दिशामा केन्द्रित रहेर फ्लिपकार्टले उद्यमी र एमएसएमईहरूको पुस्तालाई सशक्त बनाउँदै इकोसिस्टममा हजारौँ रोजगार सिर्जना गरेको छ। फ्लिपकार्टले ‘क्यास अन डेलिभरी’, ‘नो–कस्ट ईएमआई’, ‘इजी रिटर्न’ र ‘यूपीआई’ जस्ता सेवाहरूको आरम्भ गरेर ग्राहक–केन्द्रित नवप्रवर्तनलाई प्राथमिकता दिएको छ जसले अनलाइन किनमेललाई भारतभरि सर्वसुलभ र किफायती बनाएको छ।
थप जानकारीका लागि कृपया media@flipkart.com मा सम्पर्क गर्नुहोस्।
