हाम्रो पार्टीका पाँच जना पार्षद अनित थापाको बीजीपीएममा सामेल, दार्जिलिङ नापाबाट एडवर्ड हार्न सक्ने

दार्जिलिङ नगरपालिकाका पाँच जना पार्षद हाम्रो पार्टी छोडेर अनित थापाको भारतीय गोरखा प्रजातान्त्रिक मोर्चामा प्रवेश गरेका छन्। दार्जिलिङ नगरपालिकामा हाल अजय एडवर्डको पार्टी ‘हमरो पार्टी’को बोर्ड छ। अर्कोतर्फ यी पाँच जना पार्षदले पार्टी छाडेपछि हाम्रो पार्टी नगरपालिकामा अल्पमतमा आएको छ। यो क्रमपछि अनित थापाको भारतीय गोरखा प्रजातान्त्रिक मोर्चा (BGPM) पार्टीले आगामी दिनमा दार्जिलिङ म्युनिसिपल बोर्ड कब्जा गर्न सक्नेछ।

उल्लेखनीय छ, गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) को चुनावमा अनित थापाको पार्टीले एक्लै बोर्ड कब्जा गर्यो। अर्कोतर्फ पहाडमा नयाँ पार्टीको स्थापनासँगै अजय एडवर्डको हाम्रो पार्टीले दार्जिलिङ नगरपालिकाको बोर्ड कब्जा गरेको थियो तर पछिल्लो घटनाक्रमपछि अजय एडवर्डले दार्जिलिङ नगरपालिका गुमाउँदै गएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *