चार जिल्लामा फिट इण्डिया फ्रिडम रन शुरू

नेहरू युवा केन्द्र संगठन, सिक्किम च्याप्टरले आज पाल्जोर स्टेडियममा खेलकुद र युवा मामिला विभागको सम्मेलन हलमा एक प्रेस सम्मेलन आयोजित गरेर आजादीको अमृत महोत्सव राज्यमा मनाउने सम्बन्धमा जानकारी गराए । पत्रकार सम्मेलनलाई सिक्किम राज्यका निर्देशक सिबासिस बेनर्जी र निर्देशक अजय ममियाले सम्बोधन गरेका थिए । युवा मामिला तथा खेल मन्त्रालयको आजादीका अमृत महोत्सवको एक भागको रूपमा आजदेखि देशभरि ‘फिट इण्डिया फ्रीडम रन’ आयोजन गरिरहेको जानकारी गराए । जो अक्टोबरमा समापन गरिने तयारी गरिएको छ ।

आफ्नो दैनिक जीवनमा दौड़ र खेलको रूपमा फिटनेस गतिविधिहरु लिन र मोटापा, तनाव, चिन्ता र अन्य रोगहरुबाट मुक्त गर्ने जानकारी गराए । युवा मामिला तथा खेलकुद मन्त्रालय अन्तर्गत सिक्किममा पनि नेहरू केन्द्रले म्याराथनको आयोजन गरिने र प्रत्येक जिल्लामा ७५ गाँउहरुलाई सामेल गराइने निर्देशक बेनर्जीले बताए।

उनले सिक्किममा फिटनेस रन दक्षिण सिक्किमको लागी नाम्चीमा १४ र १५ अगस्त हुने र पश्चिम सिक्किमको लागी गेजिङमा २१ अगस्तमा हुने बताए । उत्तर सिक्किमको लागी मंगनमा २४ अगस्त र पूर्व जिल्ला गन्तोकमा ४ सेप्टेम्बरमा आयोजित गरिने जानकारी गराए।

पीआईबी गान्तोकका निर्देशक अजय ममियाले विभिन्न गाँउका सबै क्षेत्रका मानिसहरुलाई यस अभियानमा सामेल हुन र यसलाई जनअभियानको रूपमा लिने आह्वान गरेका छन् । उनले राज्यमा फिटनेस संस्कृतिको विकासको लागी आफ्नो जीवनमा दैनिक ३० मिनटको लागी कुनै पनि रूपको शारीरिक गतिविधि शामेल गर्ने सल्लाह दिए । उनले सबै जिल्लाहरुमा जिल्ला प्रशासनसंग समन्वय राखेर विस्तृत व्यवस्था गरिएको छ भन्दै युवा क्लबहरुलाई गाउँ स्तरमा सक्रिय गराइने जानकारी दिए| ‘फिट इन्डिया फ्रीडम रन’ कोविड महामारीको स्थितिलाई हेहेर बनाइएको बताउँदै यसमाथि ध्यान दिनुपर्ने आग्रह गरे । भारत सरकारको युवा मामिला तथा खेल मन्त्री अनुराग सिंह ठाकुरको अपस्थितिमा अभियान शुरू गरिएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *