भाजपाको पार्टी कार्यालयमा आगलागी, मोटरसाइकल सहित सबै जलेर नष्ट

सिलगढीको 23 वडाको डबग्राम क्षेत्रमा रहेको भाजपा पार्टी कार्यालयमा आगलागी भएको छ। बिहीबार मध्यरातमा भाजपा कार्यकर्ता र समर्थकहरूले आफ्नो पार्टीको कार्यालयमा आगो लागेको देखे। यो जानकारी फायर डिपार्टमेन्टका साथै क्षेत्रका सबै भाजपा कार्यकर्ताहरूलाई दिइयो। खबर पाएलगत्तै दलका नेता तथा कार्यकर्ता घटनास्थल पुगेर आगो निभाउने प्रयासमा लागेका थिए। आगलागी यति भीषण थियो कि कार्यालय भित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ। यस घटनामा कार्यालय भित्र रहेको मोटरसाइकल पूर्ण रुपमा जलेको छ। लगत्तै दुईवटा दमकल घटनास्थलमा पुगेर आगो निभाएका थिए। वडामा विपक्षी दलको कार्यालय नहुँदा पार्टी कार्यालय जलाएको भाजपाले आरोप लगाएको छ। यसविरुद्ध आज प्रहरी चौकीमा लिखित उजुरी दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *