बालासन नदीमा बालुवाले पुरिएर मृत्यु भएका र घाइतेका परिवारलाई आर्थिक सहयोग

केही दिन अघि बालासन नदीमा अवैध रुपमा बालुवा उत्खननका क्रममा तीन युवाहरुको बालुवामुनि पुरिएर मृत्यु भएको थियो। घटनामा अर्का एक युवा पनि घाइते भएका थिए। बुधबार ती पीडित परिवारहरुलाई तृणमूल कांग्रेसले सहयोग प्रदान गरेको छ।
मतिगडा बनियाखरी क्षेत्रमा पथरघटा अञ्चल तृणमूल कांग्रेसले बालासन नदीमा मृत्यु भएका ती ३ युवा र १ घाइतेका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *