आर्थिक सहायता योजना अनलाइन हुने : मुख्यमन्त्री

मुख्यमन्त्री मनोहर लालले मुख्यमन्त्री राहत कोषको आर्थिक सहायता योजना पनि छिट्टै अन्त्योदय सरल पोर्टलबाट अनलाइन बनाइने बताए । यो योजना अनलाईन हुँदै गएपछि आवश्यक पर्ने व्यक्तिहरूले आवश्यक कागजातहरूसहित निकटतम सीएससी वा अन्त्योदय सरल केन्द्रहरूमा आवेदन दिन सक्नेछन् हालै मुख्यमन्त्रीले मुख्यमन्त्री राहत कोषबाट आर्थिक सहायता योजना अनलाइन बनाउन सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिएका थिए । तिनले अन्त्योदय सरल पोर्टल मार्फत जनताले छिट्टै विभिन्न योजनाको लाभ लिन थालेको बताए।

यस्तो अवस्थामा अफलाइनभन्दा पनि यो योजनाको फाइदा लिन धेर समय लाग्ने भएकाले खाँचोमा परेका व्यक्तिसम्म चाँडै नै यसलाई अन्त्योदय सरल पोर्टल मार्फत अनलाइन बनाउने सरकारको लक्ष्य रहेको छ ।

पोर्टलमा अनलाइन आवेदन दिएपछि यो फारम सम्बन्धित जनप्रतिनिधि र जिल्ला उपायुक्तसम्म पुग्ने उनले बताए यसपछि यो निवेदनलाई तहसीलदार र सिभिल सर्जनबाट अनलाइन ढाँचामा प्रमाणीकरण गरेपछि अन्तिम निर्णयका लागि समितिमा जानेछ र सबै औपचारिकता पूरा गरेपछि राशि निवेदकलाई दिइनेछ । उनले विपन्नलाई छिट्टै सहयोग गर्न सरकारले यो सुविधा शुरु गरेको बताए यस अवसरमा मुख्यमन्त्रीका प्रमुख सचिव वी. उमाशंकर पनि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *