सिक्किमको 50 औँ राज्य स्थापना दिवसको सम्झना गर्दै फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्स (एफजीआईएलआई) ले राज्यभरि वित्तीय साक्षरतामा निरन्तर च्याम्पियन बन्दै जीवन बीमा पहुँच विस्तार गर्न जारी राखेको छ। जीवन बीमाबारे जागरूकता बढ़ाउन र पहुँचलाई गहिरो बनाउन इन्स्योरेन्स रेगुलेटोरी एण्ड डेभलप्मेण्ट अथोरिटी अफ इण्डिया (आईआरडीएआई) द्वारा सिक्किमका लागि प्रमुख जीवन बीमाकर्ताको रूपमा नियुक्त गरिएको एफजीआईएलआईले भूमिगत र डिजिटल आउटरिच पहलहरूको शृङ्खखलामार्फत जीवन बीमा समाधानको महत्त्वलाई प्रबर्द्धन गरिरहेको छ। सार्वजनिक बैठकहरू, कार्यशालाहरू र स्थानीयकृत पहुँच प्रयासहरूको लाभ उठाउँदै, एफजीआईएलआई-ले लाखौँ नागरिकहरूसित सम्पर्क स्थापित गरेको छ अनि तिनीहरूलाई वित्तीय सुरक्षाको महत्त्वबारे शिक्षित गरेको छ। रणनीतिक पहुँच र प्रभाव-सञ्चालित पहलहरूमार्फत स्थानीय रैथानेहरूमा जीवन बीमाबारे अल्प जागरूकताको अद्वितीय चुनौतीहरूलाई सम्बोधन गर्दै एफजीआईएलआई-ले सिक्किमका विविध समुदायहरूसित सक्रिय रूपमा संलग्न भएको छ। यी पहलहरूको उद्देश्य प्रभावकारी सामुदायिक संलग्नतामार्फत विभिन्न समूहहरूमा जीवन बीमाबारे जागरूकता प्रवर्द्धन गर्नु हो। प्रत्येक सत्रमा एफजीआईएलआई-द्वारा प्रस्तावित अनुकूलित जीवन बीमा समाधानहरूको साथसाथै सरकारी समर्थित योजनाहरूको महत्त्वलाई प्रकाश पार्दै परिवारको भविष्य सुरक्षित गर्न जीवन बीमाको भूमिकाबारे गहन छलफल गरिएको थियो।
सन् 2047 सम्म सबैका लागि बीमा’ हासिल गर्ने आईआरडीएआई-को दृष्टिकोणअनुरूप एफजीआईएलआई-ले राज्यमा जीवन बीमाको पहुँचलाई अगाड़ि बढ़ाउने लक्ष्य राखेको छ। बीमा कम्पनीले सड़क नाटक, बाहिरी स्थापना र पुलिस अधिकारीहरू, ट्याक्सी युनियनहरू र दूध उत्पादकहरूसित स्थानीय सहकार्यमार्फत सिक्किममा जीवन बीमाबारे जागरूकता जगाएको छ। जीवन बीमाको मूल्य र वित्तीय सुरक्षामा यसको भूमिकालाई प्रभावकारी रूपमा स्थापित गर्दै अन्तर्दृष्टिपूर्ण छलफलहरूमार्फत सिक्किमका युवाहरूलाई संलग्न गराउन महत्त्वपूर्ण प्रयासहरू गरिएका छन्। “सबैका लागि बीमा’ उपलब्ध गराउने कम्पनीको समग्र रणनीतिको रूपरेखा प्रस्तुत गर्दै फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सका एमडी तथा सीईओ श्री आलोक रुङ्गटाले भने, “सिक्किम राज्य स्थापनाको 50औँ वर्ष मनाउँदै गर्दा म हार्दिक बधाई दिन्छु। जीवन बीमाले वित्तीय सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्छ, परिवारहरूलाई अनिश्चितताहरूविरुद्ध सुरक्षा जाल प्रदान गर्दछ र तिनीहरूलाई आत्मविश्वाससित योजना बनाउन सशक्त बनाउँछ। फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्समा हामी जीवन बीमाको धारणालाई केवल एक वित्तीय उत्पादबाट सुरक्षा, स्थिरता र दीर्घकालीन कल्याणको आधारभूत स्तम्भमा परिवर्तन गर्न प्रयासरत छौँ। व्यक्ति र परिवार दुवैका लागि। जीवन बीमालाई प्रत्येक व्यक्तिका लागि पहुँचयोग्य बनाउने आईआरडीएआईको दृष्टिकोणसित मिल्दोजुल्दो वित्तीय साक्षरता विस्तार गर्ने, प्रक्रियाहरूलाई सरल बनाउने र सबैका लागि समावेशी सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता रहेको छ। जीवन बीमालाई प्रत्येक घर-परिवारका लागि एक आवश्यक सुरक्षाको रूपमा सुदृढ़ पार्दै नवीन पहलहरू र समुदाय-सञ्चालित आउटरिचमार्फत हामी जागरूकता र पहुँचमा रहेको खाड़ललाई पूर्ने कार्य जारी राख्नेछौँ।”
यस पहलबारे टिप्पणी गर्दै सिक्किम सरकारको पञ्चायती राज सचिव श्री दुष्यन्त परियारले भने, “जीवन बीमाले अप्रत्याशित आपतकालको समयमा पोलिसीधारकहरूमाथि आश्रितहरूका लागि वित्तीय सुरक्षा सुनिश्चित गर्दै एक महत्त्वपूर्ण सुरक्षा जालको रूपमा काम गर्दछ। फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सद्वारा प्रस्तुत गरिएका नीतिहरू पोलिसीधारकहरूलाई व्यापक र उत्तम सुरक्षा प्रदान गर्न, वित्तीय सुरक्षा र मानसिक शान्ति सुनिश्चित गर्न डिजाइन गरिएको छ। हाम्रा समुदायहरूको भविष्यलाई साँच्चै सुरक्षित गर्न यी योजनाहरूबारे जागरूकता जगाउनु आवश्यक छ। फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्ससित सहकार्यमा हामी आर्थिक रूपले सुरक्षित र सूचित समाज निर्माण गर्ने हाम्रो लक्ष्यलाई बलियो बनाउँदै थप ग्राम पञ्चायत र जिल्ला पञ्चायतहरूलाई सक्रिय रूपमा संलग्न गरेर हाम्रो पहुँच विस्तार गर्न प्रतिबद्ध छौँ।”