युक्रेनी नागरिकलाई डर, धम्की देखाएर अपहरण गर्ने क्रम बढ्दो

रुसको कब्जामा रहेका क्षेत्रहरूमा युक्रेनी नागरिकहरूलाई जबरजस्ती बेपत्ता पारिएको र हिरासतमा लिइएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

गत साता ३६ जना युक्रेनी नागरिकहरू रुसी नियन्त्रणमा रहेका थिए तीमध्ये अधिकांशको परिवारले नियन्त्रणमा लिइएका आफन्तबारे कुनै जानकारी पाएका छैनन् । रसियाले युक्रेन माथि हमला सुरु गरेको एक महिना नाघी सकेको छ । निरन्तरको हमलाको कारण युक्रेनीहरू बढ्दो अपहरण र धम्कीले आफूहरू त्रासमा रहेको बताएका छन्।

हाल युक्रेनमा जारी युद्धको अवस्थालाई मध्यनजर गर्दा युक्रेनमा पछिल्लो समय महिलाहरूले थप यातना र चुनौती भोग्न परेको घटनाहरू सार्वजनिक हुन थालेका छन् । मार्च १५ मा पत्रकार भिक्टोरिया रोश्चीना देशको पूर्वी भेगमा काम गरिरहेको अवस्थामा अज्ञात मानिसहरूले उनलाई नियन्त्रणमा लिएका थिए । उनलाई रुसको आन्तरिक गुप्तचर सेवा एफएसबीले नियन्त्रणमा लिएको हुनसक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यस्तै रुसले कब्जा गरेको मेलिटोपोल सहरकी पत्रकार स्भेत्लाना जालिजेत्स्कायाले आफूलाई दण्ड दिन उनका ७५ वर्षीय बुबालाई रुसी सेनाले बन्धक बनाएको आरोप लगाएकी छन्। उनले रुसले स्थापना गरेका नेतासँगको भेटमा रुसी अतिक्रमणको आलोचना गर्न अस्वीकार गरेपछि बुवालाई समातेर लगिएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *