गितालदहमा बीएसएफको गोली लागेर शहीद भएका राजवंशी युवा प्रेम कुमार बर्मनका परिवारजन अभिषेक बेनर्जीलाई भेट्न आए। युवकका बुवा शिबेन बर्मन र आमा सुखमणि बर्मन मंगलबार बिहान बामनहाट सेन्ट्रल कोलोनीको मैदानमा आए। उनीहरुले आफूहरु अभिषेकलाई भेट्न आएको बताए । उल्लेखनीय छ कि गत २४ डिसेम्बरमा गितालदहमा स्थानीयवासी प्रेमकुमार बर्मनको गोली हानी हत्या भएको थियो।एकातिर बीएसएफले उनी तस्कर भएको दाबी गरेको छ भने अर्कोतिर ती युवा त्यहाँ खेतीपातीको लागि गएका थिए भन्ने स्थानीयवासीहरुको दाबी छ।
तृणमूलले सम्पूर्ण मुद्दालाई लिएर अघिबाटै आन्दोलन सुरु गरिसकेको छ। केही दिन अघि अभिषेक बेनर्जीले माथाभाङ्गा क्षेत्रमा प्रेम कुमारका परिवारलाई कानुनी सहयोग गर्ने आश्वासन दिएका थिए ।यही आशामा आज बीएसएफको गोली लागेर शहीद भएका प्रेम कुमार बर्मनका परिवारसँगै मुजफ्फर रहमानका परिवारका सदस्य पनि मंगलबार बामनहाटस्थित अभिषेकको पालमा गएका थिए। तृणमूल महासचिवले त्यहाँ उनीहरू सबैसँग कुराकानी गरे। अभिषेकले दुवै परिवारको बारेमा विस्तृत जानकारी लिए।