मुम्बईमा नक्कली खोपको बिगबिगी

भारतको मुम्बईमा नक्कली खोप धमाधम लगाउने काम भइरहेको खुलासा भएको छ ।  इन्जेक्सनमा पानी राखेर खोप हो भन्दै मानिसहरूलाई ठग्ने धन्धाको अनुसन्धान गर्नका लागि मुम्बई प्रहरीले टोली गठन गरेको छ । 

महाराष्ट्र सरकारले बम्बे उच्च अदालतलाई बताएअनुसार, शहरमा दुई हजारभन्दा बढी मानिसलाई नक्कली खोप लगाइएको छ । यसै सिलसिलामा दुईजनालाई प्रहरी पक्राउ गरेको छ ।  नक्कली खोप दिनका लागि ठगहरूले मुम्बईको एक निजी अस्पतालबाट ३८ वटा सिसी किनेको आशंका छ । कुनै औषधि कम्पनीले नक्कली खोप अभियान चलाउनका लागि खाली सिसीहरूको दुरुपयोग गरेको हो कि भनेर पनि आशंका गरिएको छ । 

सुईमा पानी राखेर घोचिएकाले कसैलाई कुनै साइड इफेक्ट भएको छैन । 
  शिवम अस्पतालका दुई कर्मचारीलाई पक्राउ गरेर सोधपुछ जारी छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *