उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवन अगाडि ‘फेल’ विद्यार्थीले प्रदर्शन गरेका छन्

उत्तर बंगाल विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा चार वर्षे स्नातक तहको पहिलो सेमेस्टरमा कीर्तिमानी संख्यामा विद्यार्थी फेल भएका छन् । नतिजा सार्वजनिक भएपछि झण्डै ९० प्रतिशत विद्यार्थी फेल भएको देखियो ।आज यी ‘फेल’ विद्यार्थीहरूले उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवन अगाडि विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले आफ्नो उत्तरपुस्तिकाको पुन: मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् । पुन: मूल्याङ्कन आवेदन शुल्क पनि घटाउनुपर्छ। ९० प्रतिशत विद्यार्थी किन फेल भए भन्ने विषयमा विश्वविद्यालय प्रशासनलाई जवाफदेही बनाउन पनि विद्यार्थीले माग गरेका छन् ।