फेसबुक कम्पनी: नाम फेरेर मेटा राख्दा इजरेलमा हाँसोको विषय

फेसबुक कम्पनीले नाम फेरेर मेटा राख्ने घोषणाले इजरेलमा रमाइलो भएको छ। हिब्रु भाषामा मेटा जस्तै शब्दको अर्थ मृत्यु हुन्छ। मेटाको उच्चारण हिब्रु भाषाको एउटा शब्दको स्त्री लिङ्गी स्वरूप जस्तै हुन्छ। फेसबुकको घोषणा पछि हिब्रु भाषीहरूले ट्विटरमा ह्यासट्याग फेसबुकडेड प्रयोग गर्दै रमाइलो गरेका छन्। ट्विटर प्रयोगकर्ता नीरीत वेस ब्लाटले लेखेकी छन्: “हिब्रुमा मेटाको अर्थ मृत्यु। हिब्रु भाषीले आउँदा वर्षहरूको यो नाम सम्झेर हाँस्नेछन्।” अर्का एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्: “सबै हिब्रु भाषीलाई हाँस्ने राम्रो कारण दिएकोमा धन्यवाद।” तर नाम वा नामसँग जोडिएका शब्दको अनुवादका कारण यस्तो समस्या भोगेको फेसबुक पहिलो कम्पनी होइन। अनुवादमा कुअर्थ लागेका अन्य घटनाहरू पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *