अमेरिकाभन्दा यूरोप अगाड़ि

युरोपेली संघ (ईयू) को आधा जनसंख्याले कोभिड१९ विरुद्धको भ्याक्सिन लगाईसकेको छ एएफपीको बुधबारको एक अध्ययन रिपोर्ट अनुसार कोभिड१९ विरुद्धको भ्याक्सिन अभियानमा ईयू संयुक्त राज्य अमेरिकाभन्दा अगाडि रहेको पाइएको छ ।

ईयूका २७ सदस्य राष्ट्रमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोभिड १९ विरुद्धको भ्याक्सिन लिएका छन् । यसमध्ये स्पेनमा ५८.३ प्रतिशत जनसंख्याले भ्याक्सिन लगाएर ठूला देशका कार्यक्रमलाई अग्रता दिएको छ । त्यसपछि इटाली मा ५४.४ प्रतिशत, फ्रान्स ५२.९ प्रतिशत र जर्मनी ५२.२ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन्।

यस तथ्यांकको अर्थ कोभिड १९ विरुद्धको भ्याक्सिन अभियानमा अहिले अमेरिकाभन्दा पनि अगाडि यूरोप रहेको मान्न सकिन्छ । अमेरिकी जनसंख्याको लगभग ४९.७ प्रतिशत मानिसहरूलाई भ्याक्सिनको पूर्ण मात्रा लगाइएको छ तर विशेष गरी दक्षिणपश्चिमी र मध्यपश्चिमी यूरोपेली देशहरूमा भ्याक्सिन अभियान सुस्त देखिएको छ । सङ्क्रमणको सबैभन्दा बढी प्रभाब देखिएको अमेरिकामा ग्रीष्म ऋतुमा देखिएको सङ्क्रमणको स्तर अझै धेरै छ ।

सोमबार ७० प्रतिशत वयस्कहरूलाई कम्तीमा पनि एक मात्रा भ्याक्सिन लगाउने राष्ट्रपति जो बाइडेनको एक महिना पहिला पूरा हुनुपर्ने लक्ष्यमा पुग्न अमेरिकालाई निकै कठिनाई भएको छ अमेरिकीहरूमा भ्याक्सिनको विश्वसनीयतामाथिको प्रश्नले गर्दा अमेरिकामा भ्याक्सिन अभियान अपेक्षा गरेभन्दा ढिलो भएको बाइडेन प्रशासनको तर्क रहेको छ । अमेरिकामा कोभिड संक्रमणका पछिल्ला लहरले गर्दा यो ग्रीष्म ऋतुमा पनि अस्पतालहरूमा कोभिड १९ संक्रमण उपचारका लागि पुग्ने विरामीको संख्या उच्च रहेको पाइएको एएफपीको एक समूहले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

भ्याक्सिन लगाउन अमेरिकापछि मात्र शुरू गरेको क्यानडा पनि आफ्नो दक्षिणी छिमेकीभन्दा अगाडि देखिएको छ । क्यानडामा गत सोमबारसम्ममा ५९ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइसकेका छन्।

आधिकारिक स्रोतबाट एएफपीलाई प्राप्त तथ्यांक अनुसार यूरोपेलीहरूले आफ्नो जनसंख्याको ५९.३ प्रतिशत अंशलाई पहिलो मात्रा भ्याक्सिन दिएका छन् भने सार्बजनिक ताजा तथ्यांकमा अमेरिका ५७.८ प्रतिशतसहित यूरापभन्दा पछाडि छ । यूरोपको सानो टापु राष्ट्रले यूरोपेली संघका अन्य राष्ट्रमा भन्दा धेरै भ्याक्सिन लगाएको देखिएको छ । यहाँका तीन चौथाइ मानिसहरूले पूर्ण भ्याक्सिन लगाएका छन् र त्यसपछि बेल्जियममा ५८.९ प्रतिशतले पूर्ण भ्याक्सिन लगाएका छन् । यूरोपेली संघको सूचीमा बुल्गेरियामा १४.५ प्रतिशत र रोमानियामा जनसंख्याको एक चौथाई मानिसहरूले पूर्ण भ्याक्सिन लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *