यूरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि नयाँ पाठ्यक्रमको सुरुवात गरेको छ

यूरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि नयाँ पाठ्यक्रमको सुरुवात गरेको छ । बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि यूरो किड्सले भ्ग्ल्इक्ष्ब् नामक पाठ्यक्रमको सुरुवात गरेको हो।

यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। बालबालिकामा संज्ञानात्मक, प्रभावकारी र कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा। अनिता मदानले जानकारी दिइन्।

उनले भनिन् “यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ। यस पाठ्यक्रमले मिश्रित सिकाइ मार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ।”

सिइयो केभिएस शेषसाई भन्छन् “हामी यो पाठ्यक्रमपेश गर्न पाउँदा धेरै खुसी छौं, जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरीतयार गरेका छौँ। यूरोकिड्समाहामी चाइल्ड फर्स्ट विचारधारामा विश्वास गर्छौं, र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ जसले तिनीहरूलाई चलाख, उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ।”

कोरोना महामारीको समयमा यूरोकिड्सले बालबालिकाहरूको लागि गरेको थियो। महामारीको समयमा घरभित्र रहेका बालबालिकाहरूको शिक्षक सिकाईमा रोकावट नआओस् भन्ने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याइएको थियो।

दुई दशकदेखि एसियाका ३५० भन्दा बढी शहरहरूमा एक हजार दुईसय भन्दा बढी प्रि स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो। अहिले संघीय राजधानी काठमाडौं लगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढी मा २८ वटा प्रि स्कुलहरू सञ्चालनमा छन्।

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *