एमक्योर फार्माद्वारा सार्वजनिक स्थानहरूमा स्तनपानलाई सामान्य बनाउने अभियान शुरु

एमक्योर फार्मास्युटिकल्सले विश्व स्तनपान हप्ता अवधि सार्वजनिक रूपमा स्तनपानलाई सामान्य बनाउनको निम्ति एक जन जागरुकता अभियान शुरु गरिरहेको छ। यो पहल 9 शहरहरूका आमाहरूसँग साझेदारी गरेर, स्तनपानको फाइदाबारेमा स्वीकृति अनि खुल्ला कुराकानीलाई बढ़ावा दिनको निम्ति “स्तनपान क्षेत्र’’ को शुरुआत गरिनेछ।

यसबारेमा बोल्दै एमक्योरका पूर्णकालिक निदेशक नमिता थापरले यस पहलको लक्ष्य प्रत्येक आमाले आफ्नो नानीलाई स्तनपान गराउने समय सुरक्षित अनि समर्थिक महसुस गरुन् भन्ने एक यस्तो संस्कृति बनाउनु रहेको बताइन्। यो अभियान सिलगड़ीमा गहिरो प्रतिध्वनित हुनेछ, सामाजिक स्वीकृतिको बढ्दो प्रवृत्तिलाई प्रतिबिम्बित गर्नेछ।

स्थानीय बासिन्दाहरूले स्तनपानप्रति सार्वजनिक दृष्टिकोणमा सकारात्मक परिवर्तनको साक्षी र समर्थन गर्ने अपेक्षा गरिएको छ।