संसारका सबैभन्दा धनाढ्य व्यक्तिहरूमध्ये एक एलन मस्कले तालिबानसँग सम्बन्धित एउटा ट्वीट गरेका छन् जसबारे सोसल मिडियामा राम्रै चर्चा भइरहेको छ । अमेरिकी अरबपति व्यापारी एलन मस्कले तालिबानी लडाकूको एउटा तस्बीर ट्वीट गर्दै उनीहरुले मास्क नलगाएको बारे लेखेका छन् । यो तस्बीरमा केही तालिबानी नेता र उनका सहयोगी उभिइरेको देख्न सकिन्छ । यीमध्ये एकजनाले पनि मास्क लगाएको देख्न सकिँदैन । यो तस्बीरमा लेखिएको छ एउटा पनि मास्क छैन, हे भगवान ! त्यसपछि एलन मस्कले यो पनि लेखेका छन्, उनीहरुलाई डेल्टा भेरियन्टबारे थाहा त छ ?’मस्कको यो ट्वीटमा मानिसहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिएका छन् ।
केही मानिसहरुले मस्कको समर्थन गर्दै गम्भीर टिप्पणी गरेका छन् । यस्तै, केही मानिसहरुले मस्कलाई उनी एक वैज्ञानिक भएकोले राम्रो आचरणको परिचय दिन आग्रह गरेका छन् । एक प्रयोगकर्ता माइकल ब्रेनर लेख्छन्, उनीहरुलाई विकास बारे पनि थाहा छैन । “द गिटार बोय नामबाट लेख्ने एक प्रयोगकर्ताले ट्वीट गरे, हो, किनभने अफगानिस्तानका लागि यतिबेला सबैभन्दा ठूलो चिन्ता यही हो नि ! एलन मस्क, तिमी रकेट बनाउ भाइ । एक अन्य प्रयोगकर्ता साई चेतन मुप्पलाले लेखेका छन्, उनीहरुलाई यो चाहिँदै चाहिँदैन किनभने उनीहरु अपरिचित व्यक्तिलाई आफू अगाडि आउन पनि दिँदैनन् ।’