सिलगढ़ीमा चुनाउ प्राय: शान्तिपूर्ण…

आशावादी छन् । तृणमूल कंग्रेसका नेता गौतम देवले भने, यसपालि सिलगढ़ी नगरनिगम चुनाउ जितेर मुख्यमन्त्री ममता ब्यानर्जीलाई उपहार दिन चाहन्छौं, मानिसहरूले स्वतःस्फूर्त र शान्तिपूर्ण तरीकाले मतदान गरे, हामी चुनाउ जित्ने कुरामा आशावादी छौं। मुख्यमन्त्रीको धेरै दिनदेखिको सपना साकार बनाउन तृणमूल कंग्रेसले सिलगढ़ी नगरनिगमको बोर्ड गठन गर्नेछ, तिनले भने । अर्कोतिर, वाममोर्चा पनि चुनाउ जित्ने अनि सिलगढ़ी नगरनिगममा फेरि बोर्ड गठन गर्ने कुरामा आशावादी छ ।

जिल्ला वाममोर्चाका आह्वायक जीवेश सरकारले भने, यसपालि पनि वाममोर्चाले सिलगढ़ी नगरनिगमको बोर्ड गठन गर्नेछ तिनले शान्तिपूर्ण मतदान गराएकोमा राज्य चुनाउ आयोगलगायत पुलिस प्रशासनको प्रशंसा गरे अनि मतदाताहरुलाई धन्यवाद दिए राज्य चुनाउ आयोगअनुसार आसनसोलको जामुड़ियाको एउटा स्थानबाट गोली चलाइएको खबर पाइएको छ जसको जाँच गरिँदैछ। घटनाको विस्तृत रिपोर्ट नपाएको आयोगले जनायो आसनसोल नगरनिगमका पाँचवटा बूथमा ईभीएम क्षतिग्रस्त भएको अनि त्यसबारे जाँच भइरहेको आयोगको भनाई छ । ती सबै बूथहरूमा पुनः मतदान हुन्छ हुँदैन त्यसबारे पछि निर्णय लिइनेछ। आसानसोलमा – हिंसाको घटनामा एकजना पुलिसकर्मी घाइते भए । यसबाहेक जुन सबै क्षेत्रबाट अभियोगहरू पाइयो त्यसको जाँच गरिँदैछ।

यसमध्ये केही आरोपहरू झूटो रहेको आयोगको भनाई छ अशान्ति फैलाएको आरोपमा आसानसोलबाट २६ जना अनि विधाननगरबाट ३२ जनालाई पक्राउ गरिएको छ। राज्यका चार नगरनिगममा हरदर ७२ प्रतिशत मतदान भएको आयोगले जनायो शनिवार मतदानको अवधि सल्ट लेकमा पुलिसको भूमिकामा राज्य चुनाउ आयुक्त सौरभ दास खुशी छन् तिनले राज्य पुलिसका डीजी मनोज मालवीयलाई अभिनन्दन जनाए । तिनले भने, सल्टलेकमा पुलिसले धेरै राम्रो कार्य गयो, म स्वयं पनि सल्ट लेक घुमें, कुनै पनि घटनाबारे पुलिसलाई सूचित गर्नसाथै कार्वाही भयो|

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *