कृष्ण कल्याणीको विवरण खँगालदै ईडी अधिकारीहरू सिलगढी पुगे। ईडी अधिकारीहरूले बुधबार सिलगढीमा बहुराष्ट्रिय कम्पनीको मुख्यालयमा छापा मारे। केन्द्रीय सुरक्षा गार्ड बाहिर तैनाथ राखेर भित्र छापा मारियो। रायगञ्जका विधायक कृष्ण कल्याणीको घर सहित विभिन्न ठाउँमा ईडी-ले छापा मारिरहेको छ । ईडी-लाई प्राप्त स्रोतको आधारमा सिलगढीमा पनि छापामारी गरिरहेको छ।यस कम्पनीमा कृष्ण कल्याणीको लगानी रहेको बुझिएको छ। उल्लेखनीय छ कि आयकर विभागले बुधबार बिहान कृष्ण कल्याणीको घरमा छापा मारयो। आयकर विभागका अधिकारीहरूले सीआईएसएफ-को सहयोग लिएर कल्याणीको घर, उनका विभिन्न कारखाना र व्यापारिक प्रतिष्ठानहरूमा खोजी-तलासी गरिरहेका छन्। आयकर अधिकारीहरूले रायगञ्जको नेताजीपल्लीस्थित विधायकको कारखाना म्यानेजरको घरमा पनि छापा मारे। यससँगै प्राप्त सूचनाका आधारमा विभिन्न स्थानमा अपरेसन चलिरहेको छ।