नेपालमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ

नोभेम्बर ३ (शुक्रबार) राति नेपालमा गएको ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्पको धक्का छिमेकी राष्ट्र भारतका राज्यमा पनि महसुस गरिएको छ । भारतका सहर दिल्ली, चण्डीगढ, लखनउ र बिहारमा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १० किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

नेपालमा भूकम्पको प्रभाव गम्भिर छ, सयभन्दा बढी घर भत्किएका छन् र सरकारी तथ्यांकअनुसार ३७५ जना घाइते भएका छन् र अझै पनि यो संख्या बढ्दै गएको छ । जाजरकोट अस्पताल उपचारका लागि घाईतेहरुले भरिभराउ छ ।

बाँचेकी एक नेपाली गीताकुमारी विष्टले बीबीसीलाई बताइन् कि उद्धारकर्ताहरूले आफ्नी जेठी छोरीलाई बचाए तर कान्छी छोरी गुमाए।

“हामी तीनजना माथिल्लो तलाको एउटै कोठामा थियौं। सबै कुरा अचानक भयो। हामीले के भइरहेको थियो बुझ्न सकेनौं,” उनले सम्झिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *