पूर्वोत्तरका विद्यालयहरूमा लैङ्गिक समावेशीतालाई बढ़ावा दिन इन्द्रेणी कक्षाकोठा पहल शुरु गर्दै रेकिट

रेकिट अनि प्लान इन्डियाले ड्युरेक्स द बर्ड्स एण्ड बीज टक (टीबीबीटी) कार्यक्रम अन्तर्गत रेन्बो कक्षाकोठा पहल शुरु गरेको छ। यस पहलको उद्देश्य लैङ्गिक पहिचान शिक्षा अनि जीवन्त कक्षाकोठाको ढोकालाई बढावा दिएर पूर्वोत्तर भारतमा समावेशी शैक्षिक स्थान बनाउनु रहेको रेकिट एन्ड प्लान इन्डियाले बताएको छ।

भारत सरकारद्वारा समर्थित अनि राष्ट्रिय पाठ्यक्रम रूपरेखा अनुरूप यो कार्यक्रमले शिक्षकहरूको निम्ति भारतको पहिलो लैङ्गिक विविधता पाठ्यक्रम प्रस्तुत गरेको दावी गर्दछ। प्लान इण्टरनेशनल (भारत च्याप्टर) का कार्यकारी निर्देशक आसिफ मोहम्मदले यस पहलको व्यापक प्रभावमा जोर दिएका छन्।

यसले समावेशी विद्यालयहरूलाई पुरस्कृत गर्ने तथा अधिक समतामूलक समाजको निम्ति आधार गर्नेछ भन्ने उनले बताएका छन्