शिलङ चेरी ब्लसम फेस्टिभल 2024 मा ड्युरेक्स द बर्ड्स एण्ड बीज टकद्वारा जीवन शीप विकासको उत्सव

उपभोक्ता स्वास्थ्य र स्वच्छतामा वैश्विक नेता मानिने रेकिटद्वारा चलाइएको एक प्रभावकारी कार्यक्रम ड्युरेक्स द बर्ड्स एण्ड बीज टक (टीबीबीटी) एकपल्ट फेरि धेरै आशा गरिएको शिलङ चेरी ब्लसम फेस्टिभल 2024 मा महत्त्वपूर्ण छाप छोड्न सफल भयो। मेघालयका माननीय मुख्यमन्त्री श्री कोनराड के साङमा, उप-मुख्यमन्त्री श्री स्नियाभालाङ धर, पर्यटन मन्त्री श्री पल लिङदो, भारत सरकारका पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य एम. सिन्दियासितै अन्य प्रमुख अतिथिहरूले कार्यक्रमको उद्घाटन गरे। स्वास्थ्य विभागको सहयोगमा ड्युरेक्स द बर्ड्स एण्ड बीज टकले उत्सवको एकमात्र अनि सबैभन्दा ठूलो स्वास्थ्य पवेलियनमा जीवन कौशल वृद्धिमाथि छलफल आरम्भ गऱ्यो। ड्युरेक्स टीबीबीटी एरिनाले विभिन्न गतिविधिहरू समावेश गरेको थियो, जस्तै ग्राफिटी प्रतियोगिता, 360-डिग्री घुम्ने क्यामेरा बूथ, टीबीबीटीका मास्कोट जोय र बबलसित फोटो खिँचाउने अवसर अनि उत्साहित पोष्टकार्डको उपहार, एक्प्रेसिभ आर्ट र झोलासहितको फ्रिज म्यागनेट त्यसमा सामेल थिए। पवेलियनले दैनिक रूपमा 30000 भन्दा बढ़ी आगन्तुकहरूलाई आकर्षित गऱ्यो जसमा जेन अल्फा, जेन जेड र मिलेनियल्सका सदस्यहरू थिए। यसले जीवन कौशल, सुरक्षित अभ्यास र स्वस्थ दृष्टिकोणलाई प्रवर्द्धन गर्ने हबको रूपमा काम गऱ्यो। ड्युरेक्स टीबीबीटीले आफ्ना पाँच प्रमुख स्तम्भहरू – समावेशीकरण, सहमति, सुरक्षा, सचेतना र समानतालाई रेखाङ्कित गर्दै एक गतिशील ग्राफिटी प्रतियोगिता आयोजना गऱ्यो जुन गुवाहाटीका मूर्तिकला, चित्रकला, ग्राफिक्स र लागू कलाका प्रसिद्ध कलाकार पुलक राभाले क्यूरेट गरेका थिए। यो प्रतियोगिता राष्ट्रिय स्वास्थ्य मिशन मेघालयको सहकार्यमा सम्पन्न गरिएको थियो जसले युवा कलाकारहरूलाई कार्यक्रमका कोर मान्यताहरूमा आफ्ना दृष्टिकोणहरू व्यक्त गर्न एउटा प्लेटफर्म प्रदान गऱ्यो। जूरीमा श्री रवि भटनागर, निर्देशक, एक्सटर्नल अफेयर्स एण्ड पार्टनरशीप, एसओए, रेकिट अनि श्रीमती फ्लोरिस लिङ्गदोह, स्टेट कन्सलटेण्ट, राष्ट्रिय किशोर स्वास्थ्य कार्यक्रम एण्ड कम्प्रीहेन्सिभ प्राइमरी हेल्थ केयर, नेशनल हेल्थ मिशन थिए।

प्रतियोगितामा असम, मेघालय र पश्चिम बङ्गालका विभिन्न जिल्लाबाट यात्रा गरेर आएका हजारौँ प्रतिस्पर्धीहरूले भाग लिएका थिए जसले विभिन्न जात-जातिका प्रतिनिधित्व गर्दै क्यानभासमा आफ्नो असाधारण कला प्रस्तुत गरे। 11 उत्कृष्ट प्रतिस्पर्धीहरूलाई टीबीबीटीका स्तम्भहरूको जीवित चित्रण प्रस्तुत गर्नका लागि चयन गरियो। विजेता कलाकार, शेम्भालाङ थाब्रोई (पूर्वी खासी पहाड़) ले सुरक्षा स्तम्भमा ध्यान केन्द्रित गरे जसले हानिकारक बानी छोड्न र सकारात्मक परिवर्तनलाई सशक्त बनाउने विषयमाथि जोड़ दिए। तिनलाई 50000 राशिको नगद पुरस्कार प्रदान गरियो। अन्य विजेतामध्ये थिए सेल्विन एण्डरसन सुचियाङ (पूर्वी खासी पहाड़) र नोइबिद बोरा (नगाउँ, असम) जबकि विशेष उल्लेखसितै अल्बर्ट कुर्बा (पूर्वी खासी पहाड़) र मृणमय बोरो (कामरूप, असम) लाई पनि तिनीहरूको उत्कृष्ट कलाका लागि नगद पुरस्कार दिइयो। यस अवसरमा, रेकिटका एक्जिक्युटिभ भाइस प्रेसिडेण्ट गौरव जैनले भने, रेकिटमा हामी शिक्षालाई र अनुभवलाई जोड्ने लक्ष्य राख्छौँ जसले युवालाई आफ्ना भविष्यलाई आकार दिने आवश्यक मान्यताहरूबारे विचार गर्न र आवाज उठाउन प्लेटफर्म दिन्छ। ड्युरेक्स द बर्ड्स एण्ड बीज टकमार्फत हामी शिलङ चेरी ब्लसम फेस्टिभलको हिस्सा भएर गर्वित छौँ जुन कला र संस्कृतिको अद्वितीय सङ्गम हो र जसले अर्थपूर्ण छलफललाई प्रवर्द्धन गर्दछ। जीवन कौशल शिक्षालाई यस्ता जीवन्त सांस्कृतिक वातावरणमा समाहित गरेर हामी सम्वादको महत्त्वलाई जोड़ दिन्छौँ जसले सुरक्षित र समावेशी संसार निर्माण गर्न सहयोग गर्छ र सकारात्मक परिवर्तन ल्याउन सिर्जनात्मकताका शक्तिलाई उत्सवको रूपमा मनाउँदछ।

रेकिटका एक्सटर्नल अफेयर्स एण्ड पार्टनरशीपका चेयरम्यान रवि भाटनगर थपे, ग्राफिटी, सङ्गीत र कला जस्ता माध्यमहरूले भाषा र बोलचाललाई भेदेर सम्बन्ध र अभिव्यक्तिका लागि एक सार्वभौमिक प्लेटफर्म सिर्जना गर्छ। शिलङ चेरी ब्लसम फेस्टिभलमा हामीले यी शक्तिशाली कला रूपहरूको प्रयोग गरेर समवेदनशील तर महत्त्वपूर्ण विषयहरूमाथि अर्थपूर्ण छलफल आरम्भ गऱ्यौँ। स्वास्थ्य पवेलियन र ग्राफिटी प्रतियोगिता जस्ता पहलहरूको माध्यमबाट ड्युरेक्स टीबीबीटीले समावेशी वातावरण सिर्जना गऱ्यो जहाँ युवा मनहरू सकारात्मक र स्मरणयोग्य तरिकाले आफ्नो भविष्यलाई आकार दिने मूल्यहरूको लागि विचार र वकालत गर्न सक्नेछन्। मेघालयको री भोई जिल्ला आईएएस, डेपुटी कमिश्नर, अभिलाष बरनवालले भने, मैले सहभागीहरूद्वारा बनाइएको ग्राफिटीमा गहिरो प्रभाव अनुभव गरेँ जसले द बर्ड्‌स एण्ड बीज टक कार्यक्रमको मुख्य सन्देशलाई अति सही ढङ्गमा चित्रण गरेको थियो। मैले टीबीबीटीद्वारा डिजाइन गरिएको पाठ्यक्रमलाई पनि समीक्षा गरेँ र मलाई विश्वास छ कि यस्ता पहलहरू आजको सोशल मिडिया-प्रेरित युगमा, सहमति, यौन शिक्षा र स्वास्थ्यबारे सचेतना फैलाउन अत्यन्त महत्त्वपूर्ण छन्। म आशा गर्छु कि यो प्रभावकारी कार्य री भोई जिल्ला जस्ता अन्य क्षेत्रहरूमा विस्तार हुनेछ र टोलीलाई भविष्यमा सफलता प्राप्त होस्। राष्ट्रिय किशोर स्वास्थ्य कार्यक्रम एण्ड कम्प्रीहेन्सिभ प्राइमरी हेल्थ केयर, नेशनल हेल्थ मिशन, मेघालयकी स्टेट कन्सलटेण्ट श्रीमती फ्लोरिस लिङदोहले भनिन्, हामी ड्युरेक्स द बर्ड्‌स एण्ड बीज टकलाई धन्यवाद दिन्छौँ जसले राष्ट्रिय स्वास्थ्य मिशनसँग सहकार्य गर्दै मेघालयलाई स्वस्थ बनाउन यात्रा गरिरहेको छ। हाम्रो युवालाई सूचित निर्णय गर्न सशक्त बनाउने यो पहल टीबीबीटी हाम्रो मिशनसित पूर्ण रूपले मेल खान्छ र यसले तिनीहरूको जीवनमा समग्र प्रभाव पार्नेछ।

By Business Bureau