आरजी कारको दु:खद घटनाका कारण आज श्रीलक्ष्मी नारायण मन्दिरमा जन्माष्टमी सादा ढंगले मनाइँदैछ

जलपाईगुडी (न्युज एशिया) । भगवान कृष्णको जन्मजयन्ती अर्थात् जन्माष्टमी जलपाईगुडी सहरको मध्यभागमा सन् १९३५ मा स्थापित श्री श्री लक्ष्मी नारायण मन्दिरमा हरेक वर्ष भव्यताका साथ मनाइन्छ।  पूजासँगै विभिन्न प्रदेशका चर्चित कलाकारहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

तर यसपटक आरजी कर काण्डका कारण विगतका वर्षहरुमा जस्तो भव्य रुपमा जन्माष्टमी पर्व आयोजना हुन सकेको छैन । सोमबार बिहानैदेखि मन्दिर परिसरमा भक्तजन आउन थाले पनि अन्य वर्षजस्तो जन्माष्टमीको माहोल नरहेको भन्दै मन्दिरमा पूजाआजा गर्न आएका भक्त अमित भट्टाचार्यले भने, ‘हामी यहाँका बासिन्दाहरू हौं । यहाँ जन्माष्टमीको दिन पूजा गर्नको लागि मन्दिर समितिले सम्पूर्ण कार्य व्यवस्थापन गर्ने गर्दछ ।कोलकाताको आरजी कार अस्पतालमा भएको घटनालाई लिएर सिंगो राज्यमा शोक र पीडाको वातावरण छ, त्यसैले समितिले यस वर्ष जन्माष्टमीलाई सादगीपूर्वक आयोजना गरेको छ ।

जलपाईगुडी श्री श्री लक्ष्मीनारायण मन्दिर समितिका वर्तमान अध्यक्ष परमानन्द सिंहले अन्य वर्षमा जन्माष्टमीमा बाहिरबाट कलाकार बोलाएर आयोजना हुने सांस्कृतिक कार्यक्रम रद्द गर्ने निर्णय भएको बताए । यसपटक खासै उत्सवको वातावरण छैन ।आरजी कार अस्पतालमा निर्मम रूपमा बलात्कृत भएकी बालिका कोलकाताकी मात्र होइन, हाम्रो घरकी केटी थिइन् । उहाँलाई यस्तो नहोस्, यसपटक श्रीकृष्णको पूजा हुन्छ तर ठूला सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैन !