असमको बोगाईगाउँ पुलिसले भक्तिनगर पुलिस चौकीको सहयोगमा एकजना भूटानी नागरिकलाई पक्राउ गरेको छ। एकजना चालकको हत्या गरी चोरिएको गाड़ी बेचेको तिनीविरुद्ध आरोप छ। पक्राउ परेका व्यक्ति थेनरूप लेप्चा हुन्। तिनी गत 10 दिनदेखि फरार थिए।
तर अन्ततः सिलगढ़ीको भुपेन्द्र नगर क्षेत्रबाट तिनलाई पक्राउ गरिएको छ। प्राप्त रिपोर्टअनुसार, लगभग 10 दिनअघि असमको बोगाईगाउँ पुलिस चौकी क्षेत्रबाट एकजना चालकको शव फेला परेको थियो। घटनाको जाँच आरम्भ गरेपछि बोगाईगाउँ पुलिसले चालकको हत्या गरी गाड़ी चोरेर बिक्री गरिएको थाहा पायो।
थप जाँचपछि 10 दिनअघि उक्त चालक भूटानबाट मालवाहक गाड़ी लिएर असम आएका पुलिसले पत्तो लगायो। यसै क्रममा आरोपीले चालकलाई पछ्याएका थिए। त्यसपछि पुलिसले आरोपीको खोजी आरम्भ गर्योग। अन्ततः आरोपीको मोबाइल टावर लोकेशनको सहयोगमा पुलिसलाई तिनी सिलगढ़ीमा लुकिरहेको थाहा भयो। ढिलो नगरी असमको बोगाईगाउँ पुलिसले सिलगढ़ी आएर भक्तिनगर पुलिस चौकीको सहयोगमा भुपेन्द्र नगरमा लुकेर बसेका आरोपीलाई पक्राउ गऱ्यो।