‘ड्रिंक पार्टी’का कारण बेलायती प्रधानमन्त्रीलाई पदबाट हट्न दबाब

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको बेला आयोजित ‘डिं«क पार्टी’मा सहभागिता जनाएको स्वीकार गरेपछि उनीमाथि पद त्याग्न दबाब बढेको छ ।

डाउनिङ स्ट्रिट गार्डेनमा सन् २०२० मा १०० जनालाई आफ्नो मदिरा आफैँ ल्याउने गरी सो पार्टीमा सरिक हुन आमन्त्रण गरिएको थियो । जसमा ५० प्रतिशतभन्दा कम आमन्त्रितहरूको सहभागिता थियो ।  प्रधानमन्त्रीले जोन्सनले सो घटनालाई लिएर औपचारिक रूपमा क्षमायाचना गर्दै आफूले जनआक्रोश बुझेको बताएका छन् । यस विवादलाई लिएर उपप्रधानमन्त्री डोमिनिक र्‍यावलगायत मन्त्रिमण्डलका सदस्यहरूले जोन्सनको बचाउ गरेका छन् ।

तर, स्कटिस टोरी नेता डग्लस रोस र विधायकहरू विलियम र्‍याग, क्यारोलिन रोस र रोजर गेलले जोन्सनलाई पदबाटै हट्न आग्रह गरेका छन् । बुधबार जोन्सनले हाउस अफ कमन्समा क्षमायाचना गरेका थिए । रोसले भनेका छन्, “मैले प्रधानमन्त्रीप्रति आफ्नो विश्वास नरहेको तथ्य दर्ता गराउन र टोरी नेतृत्वको व्यवस्था गर्ने १९२२ समितिलाई पत्र लेख्नेछु । उनी प्रधानमन्त्री भएकाले कोभिड–१९ सम्बन्धी नियमहरू लागु गराउने जिम्मेवारी उनको सरकारको हो ।” 

यदि, ५४ ‘ब्याक बेन्च’ कन्जरभेटिभ विधायकले १९२२ समितिमा पत्र पठाएको खण्डमा नेतृत्वलाई ठूलो चुनौती सिर्जना हुनेछ । मन्त्रीहरूले भने विधायकहरूलाई वरिष्ठ निजामती कर्मचारी सु ग्रेले डाउनिङ स्ट्रिट पार्टीमा कोभिड नियम उल्लंघन गरेको विषयमा गरेको अनुसन्धानको प्रतिवेदन पेस नगरुन्जेल शान्त रहन अनुरोध गरेका छन् ।

जोन्सनले २०२० को २० मेमा कर्मचारीहरूको समूहलाई कडा परिश्रमका लागि धन्यवाद दिने उद्देश्यले सो पार्टीमा २५ मिनेट बसेको र आफूलाई पक्कै पनि यो सरकारी कामकै सिलसिलामा आयोजित कार्यक्रम भएको विश्वास लागेको बताएका छन् । विदेशमन्त्री लिज ट्रस र चान्सलर रिसी सुनक दुवै जोन्सनको सम्भावित उत्तराधिकारी मानिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *