दिल्लीबाट दोहा उडेको विमान पाकिस्तानको कराची पुगेपछि …

भारतको राजधानी नयाँदिल्लीबाट दोहा जान उडेको कतार एयरवेजको विमान अकस्मात पाकिस्तानको कराची पुग्यो । उडानका क्रममा देखिएको प्राविधिक गडबडीका कारण कराचीमा अवतरण गरिएको हो ।

यात्रुलाई सुरक्षित कराची विमानस्थलमा अवतरण गरिएको जनाइएको छ । उडानमा १०० यात्रु रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा समस्या देखिएपछि यात्रुलाई दोहा पुर्‍याउन एयरलाइन्सले अर्काे व्यवस्था गरिरहेको छ । विमानको कार्गाे कक्षमा धुवा उडेपछि विमान अवतरण गरिएको हो ।

एयरलाइन्सले घटनामा माफी माग्दै जाँचबुझ भइरहेको जनाएको छ । एयरलाइन्सका दक्षिण एसिया क्षेत्र प्रबन्ध निर्देशक रेमी मेलाईले जाँचबुझपछि घटनाबारे पूरै जानकारी दिइने बताएका छन् । 





Leave a Reply

Your email address will not be published. Required fields are marked *