खबर लहरिया बुन्देलखण्डमा मात्र महिला पत्रकारहरूको टोलीद्वारा सञ्चालित छ। उनीहरुमाथि बनेको डकुमेन्ट्री फिल्म राइटिङ विथ फायर अस्कर अवार्डका लागि मनोनीतमा भएको छ। रिन्टु थोमस र सुस्मित घोषको नाममा रहेको यो डकुमेन्ट्री बनेको छ। यसलाई बेस्ट डकुमेन्ट्री फिचर भनिन्छ । अस्कर अवार्डका लागि मनोनात गरिएको छ। फिल्म खबर लहरिया – मा पत्रिकाबाट डिजिटल मिडियासम्म टोलीको यात्रा देखाइएको छ यो पहिलो भारतीय फिचर डकुमेन्ट्री हो जसलाई अस्करको लागि मनोनीत गरिएको छ। खबर लहरिया उत्तर प्रदेश र मध्य प्रदेश दुवै राज्यहरूमा फैलिएको, बुन्देलखण्ड ग्रामीण समस्याहरूमा केन्द्रित मिडिया संस्था हो जसमा महिलाहरू मात्र काम गर्छन् । यसमा पत्रकारहरूको टोली छ जसका सदस्यहरूले ग्रामीण क्षेत्रका महिलाहरूलाई पत्रकारिताको प्रशिक्षण पनि दिन्छन्।
२००२ मा शुरु हुँदै यी महिलाहरूले फेरि आफ्नो र आफ्नो समाजको कथा सुनाउँछन् । यसरी स्थानीय महिलालाई पत्रकारिताको प्रशिक्षण दिई स्थानीय समस्यामा स्थानीय भाषामा रिपोर्टिङ गर्ने संस्था सञ्चालन गर्ने यो मोडललाई सन् २००९ मा संयुक्त राष्ट्रसंघको युनेस्को किङ सेजोङ पुरस्कार प्रदान गरिएको थियो । खबर लहरिया यो २००२ मा एक पत्रिका को रूपमा शुरु भएको थियो ।
यसको वेबसाइट २०१३ मा, युट्युब च्यानल २०१५ मा र त्यसपछि २०१९ मा सब्सक्रिप्शनमा आधारित सेवाहरू शुरु गरिएको थियो । संगठनको दाबी छ कि यसको डिजिटल सेवाहरू हरेक महिना लगभग एक करोड मानिसहरूमा पुग्छ । संगठनको वेबसाइटका अनुसार खबर लहरियाले दावी र सरकारको योजनाको वास्तविकता, विशेष गरी ग्रामीण विकास र सशक्तिकरणको बीचको खाडललाई हाइलाइट गर्दछ । यो दलित महिलाहरुको संगठन हो भन्ने मिडियाले जानकारी दिएको छ । यद्यपि खबर लहरिया स्वयम् यसको वेबसाइटमा त्यस्तो कुनै दाबी गरिएको छैन। अवार्ड विजेता फिल्म निर्माता राइटिङ विथ फायर वृत्तचित्र बनाउन पाँच वर्ष लाग्यो । यो पहिलो पल्ट २०२१ मा अमेरिकाको प्रतिष्ठित सनडान्स फिल्म फेस्टिभलमा देखाइएको थियो। यो सुस्मितको पहिलो डकुमेन्ट्री फिचर फिल्म हो ।