कतार हिँडेकी मीना कुमारीको पासपोर्ट इन्टरपोलको डाटाबेसमा देखिएपछि…

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्वास्थ्यसँग जोडिएको ताजा रिपोर्ट लाहौर उच्च अदालतमा पेश गरिएको छ । यो रिपोर्ट अनुसार नवाज शरिफ यतिबेला गम्भीर मानसिक तनावमा छन् र उपचार बिना बेलायत छोड्नु खतरनाक हुनसक्छ ।

यो मेडिकल रिपोर्ट नवाज शरिफका फिजिशियन डाक्टर फय्याज शाउलले लेखेका हुन् । मंगलबार उनका वकिल अमजद परवेजले यो रिपोर्ट लाहौर उच्च अदालतमा सुम्पिएका हुन् । रिपोर्टमा बताइए अनुसार हालको समयमा कोरोना महामारीका कारण् स्थिति जस्तो छ, त्यसलाई मध्यनजर गर्दै नवाज शरिफको स्वास्थ्यलाई मध्यनजर गर्दै उनका लागि विमानस्थलसमेत अन्य सार्वजनिक स्थानमा जानु खतरनाक हुनसक्छ र उनले यसो गर्नबाट जोगिनुपर्छ ।

मेडिकल रिपोर्टमा बताइए अनुसार नवाज शरिफ आफ्नो एन्जियोग्राफी पूरा हुञ्जेलसम्म अस्पतालबाट जानु हुँदैन ।

लाहौर उच्च अदालतमा यो रिपोर्ट यस्तो समयमा बुझाइएको हो जब नवाज शरिफविरुद्ध कानुनी कारवाहीको घोषणा भइसकेको छ ।

पाकिस्तानका केन्द्रीय मन्त्री फवाद चौधरीले पनि यसबारे बयान जारी गरेका छन् । फवाद चौधरीका अनुसार नवाज शरिफ लण्डनमा स्वास्थ्य उपचार गराउनुको साटो राजनीतिक गतिविधिमा व्यस्त छन् ।

लाहौर उच्च अदालतमा जुन रिपोर्ट सुम्पिइएको छ त्यसमा नवाज शरिफका फिजिसियनको तर्फबाट उनलाई यात्रा नगर्न सल्लाह दिइएको छ ।

यसअघि पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले आत्म निर्वासनमा बसिरहेका पूर्व प्रधानमन्त्री नवाज शरिफ यदि आफैँ फिर्ता नभए सरकारले उनलाई ल्याउने बताएका छन् । उनले नवाज शरिफको मेडिकल रिपोर्ट झुटोसमेत बताए ।

भ्रष्टाचार मामिलामा अदालतबाट जमानतमा रिहा भएका नवाज शरिफ उपचारका लागि लण्डन गएका थिए र त्यसपछि उनी फर्किएका छैनन् । उनको पार्टी पीएमल–एनको जिम्मेवारी उनका भाइ शाहबाज शरिफ र छोरी मरियम शरिफको हातमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *