घटनाको विरोधमा आरजी कार मेडिकल कलेज तथा अस्पतालमा चिकित्सकहरुले र्‍याली निकालेका छन

सिलगढी (न्युज एशिया): आरजी कार अस्पतालमा महिला डाक्टरको बलात्कारपछि हत्या भएको घटनालाई लिएर देशैभर हंगामा भएको छ । राज्यका विभिन्न भागमा जुनियर डाक्टरहरू हडतालमा उत्रिएका छन् । यस घटनाको विरोधमा सिलगढीमा पनि जुनियर डाक्टरहरू हडतालमा छन्।

उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालका डाक्टरहरूले मंगलबार विरोध प्रदर्शन गरेका छन्।मेडिकल कलेज नजिकैको क्षेत्रमा विरोध र्‍याली निकालिएको थियो । उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालका जुनियर डाक्टरहरू विरोध प्रदर्शनमा सामेल भए।

चिकित्सकहरुले घटनाको निष्पक्ष छानबिन, अन्य दोषीलाई पक्राउ गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । यसका साथै राज्यका हरेक अस्पताल र मेडिकल कलेजमा चिकित्सकको सुरक्षाको प्रत्याभूति गर्न पनि चिकित्सकले माग गरेका छन् ।