गत आइतवार आएको चक्रवाती आँधीले जलपाईगुडी जिल्लाको मैनागुरीको पुटीमारी, वार्निशको सम्पूर्ण गाउँ ध्वस्त भएको थियो। हावाहुरीबाट प्रभावितलाई विभिन्न स्वैच्छिक संघसंस्था र सामाजिक कार्यकर्ताले सहयोग गर्न थालेका छन् भने स्वयम्सेवी संस्थाले हावाहुरी पीडितलाई पानी, सुख्खा खाना, दाल, चामललगायतका सामग्री सहयोग गरिरहेका छन् ।आज यस प्राकृतिक प्रकोपको तीन दिनपछि जलपाईगुडीका डीएम र एसपी सहित विभिन्न प्रशासनिक अधिकारीहरू प्रभावित मानिसहरूलाई मद्दत गर्न राहत सामग्री लिएर गाउँ पुगेका छन्। यी प्रशासनिक अधिकारीहरूले घर-घर गएर जनतामा राहत सामग्री वितरण गरे र उचित सरकारी सहयोगको आश्वासन दिए।