जलपाईगुडी शाखा आईएमए समिति भंग, तीन जनाको सदस्यता खारेज गर्ने सिफारिस

जलपाईगुडी : जलपाईगुडी शाखा आईएमए समिति भंग गरियो। साथै सुशान्त रोयसहित तीन जनाको सदस्यता खारेज गर्न सिफारिस गरिएको छ।  संगठनको जलपाईगुडी शाखाका सदस्यहरूले आपतकालीन बैठक बोलाए।

बैठकमा आईएमए जलपाईगुडी शाखाको कार्यकारिणी समिति भंग गर्नुका साथै समितिका सचिव डा सुशान्त रोय, समितिका उपाध्यक्ष डा अभिक दे, सहसचिव डा सौत्रिक रोयको सदस्यता खारेज गर्न सिफारिस गरिएको छ।

 यो सिफारिस केन्द्रीय समितिमा पठाइएको छ । जसमा तीनै जनाको प्राथमिक सदस्यता खारेज गर्न माग गरिएको छ ।