चर्चे चर्चामा दिशा पटानी

अभिनेत्री दिशा पटानी बलिउड फिल्ममा सशक्त भूमिकामा अहिलेसम्म नदेखिए पनि सदैव चर्चामा रहिरहने नायिकामा पर्छिन्। उनी सामाजिक सञ्जालमा निकै रुचाइएकी अभिनेत्री पनि हुन् । उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै ठूलो छ। दिशा पनि सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् । आफ्ना तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शेयर गरिरहेकै हुन्छिन्।

हालै सामाजिक सञ्जालमा शेयर गरेका उनका तस्बिर पनि भाइरल बनेका छन् ब्राउन आउटफिटमा खिचिएको उनको तस्बिरमा थुप्रै कमेन्ट आएका छन् । धेरैले दिशाको ग्लामर छविको प्रसंशा गरेका छन्। केही समय पहिले उनले समुन्द्री तटमा खिचिएको तस्बिर शेयर गरेकी थिइन्। छुट्टी मनाउन माल्दिभ्स पुग्दाको उनको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । २९ वर्षीया दिशा अहिले दुई वटा चलचित्रमा काम गरिरहेकी छन् केटिना र एक विलन रिटन्स चलचित्रमा उनी व्यस्त छिन् अहिले यी दुवै चलचित्रको सुटिङको काम भइरहेको छ।

दिशाले फिल्म जगतमा पाइला राखेको भने धेरै समय भएको छैन। सन् २०१५ मा तेलगु चलचित्र लोफरबाट उनले डेब्यु गरेकी थिइन् । त्यसपछि सन् २०१६ मा चर्चित भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको बायोपिक एमएस धोनी: द अनटोल्ड स्टोरी मार्फत बलिउडमा पाइला राखेकी थिइन् । सन् २०१७ मा कफु योगामा काम गरेकी दिशाले त्यसपछि बागी-२, भारत र मलाङ चलचित्रमा काम गरिन् । धेरैजसो समय लभ लाइफका कारण चर्चामा रहने दिशा अभिनेता टाइगर श्राफसँगको सम्बन्धका कारण पनि मिडियामा छाउने गरेकी छन् । टाइगर श्राफ र उनकी बहिनी कृष्णा श्राफका साथ देखिने दिशा कहिलेकाहीँ टाइगरका आमा आयशा श्राफसँग पनि समय बिताउने गर्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *