अफगानिस्तानका विषयमा अमेरिका र भारतबीच छलफल

आफगानिस्तानको खस्कँदो सुरक्षा अवस्थाका बारेमा अमेरिका र भारतबीच छलफल भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। अफगानिस्तानको सुरक्षा अवस्था लगायतका विषयमा अमेरिका र भारतका विदेश मन्त्रीबीच राजधानी दिल्लीमा भेटवार्ता एवं छलफल भएको बताइएको छ । अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । त्यस क्रममा उनीहरुबीच कोरोना भाइरस सङ्क्रमण महामारी, अफगानिस्तानको अवस्था तथा दुई देश (अमेरिका र भारत) बीचको हित लगायतका विषयमा कुराकानी भएको बताइएको छ । ब्लिंकेन र जयशंकरबिचको वार्तामा अफगानिस्तानको सुरक्षा अवस्थालाई लिएर विशेष छलफल भएको सञ्चार माध्यमले जनाएका छन्। उनीहरुबीच चीनका विषयमा समेत छलफल भएको बताइएको छ भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री ब्लिंकेनले भारत र अमेरिकाले अफगानिस्तानको सुरक्षा मुद्दाबारे चासो राखेको र त्यस विषयमा छलफल गरिएको जानकारी दिए ।

उनले अफगानिस्तानमा शान्ति र स्थिरताको पक्षमा अमेरिका र भारत रहेको प्रष्ट पारेका छन् भारत अमेरिकाको विश्वसनीय सहयोगी रहेको ब्लिंकेनले बताउँदै अफगानिस्तानमा स्थिरता र विकास ल्याउनका लागि भारतले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । भरतीय विदेश मन्त्री जयशंकरले पनि अफगानिस्तानको स्थिरता स्थायित्वमा जोड दिएका छन् । पछिल्लो समय जल्दोबल्दो रूपमा उठेको अफगानिस्तानको सैन्य समस्याको समाधान नहुनेमा अमेरिका र भारत दुवै सहमत भएको बताइएको छ । वार्तामा हिन्दप्रशान्त र मध्य पूर्वको मुद्दामा पनि छलफल भएको जयशंकरले बताए । अमेरिकी सैनिकले अफगानिस्तान छोड्दै छन् अमेरिकीसहित नेटो सैनिकले छोड्दै गर्दा अफगानिस्तानमा तालिवानको पकड बिस्तार हुँदै गएको छ विदेशी सेनाले अफगानिस्तान छाड्दै गर्दा त्यहाँ विद्रोही समूह तालिवानको दबदबा बढेको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *