होलीमा लगाइने अबिरको मागमा ह्रास

होली नजिक आइरहेको छ त्यसैले फूलबारी सीमावर्ती क्षेत्रनजिक चम्पागाछस्थित अबिर (रङ्गीन धुलो) कारखानाका मजदुरहरू व्यस्त छन्। तर यो वर्ष माग कम्ती भएको कारण उत्पादनमा उल्लेखनीय ह्रास आएको छ। कारखानाका कर्मचारी जीवन मण्डलले बताएअनुसार विगत बीस वर्षदेखि यस क्षेत्रमा भूटानबाट ल्याइएका सामग्री प्रयोग गरी अबिर उत्पादन हुँदै आएको छ। अघिल्लो वर्षसम्म यहाँ उत्पादन गरिने अबिर सिलगढ़ी, इस्लामपुर र रायगञ्जलगायत विभिन्न स्थानमा बिक्री हुन्थ्यो। तर यो वर्ष माग घटेको कारण सीमित मात्रामा उत्पादन भइरहेको छ। पहिले 10-12 जना कर्मचारीहरूले तीनदेखि चार प्रकारका बेग्लाबेग्लै रङगको अबिर बनाउने गर्थे। तर यो वर्ष केवल तीनजना कर्मचारीहरूले गुलाबी र पहेँलो रङ्गको अबिर उत्पादन गरिरहेका छन्। उत्पादन गरिएको अबिर सिलगढ़ी बजारमा बिक्री गरिनेछ।

By Piyali Poddar