रक्षामन्त्री राजनाथ सिंहसँग प्रतिनिधि टोलीको कुराकानी

भारतीय जनता पार्टी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका प्रतिनिधिहरू सामेल रहेको दार्जीलिङ पहाड़को एउटा प्रतिनिधि दलले शनिवार यहाँ केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेर रक्षा सेवामा गोर्खा युवाहरूको भर्नासँग सम्बन्धितलगायत अन्य विषयहरूमा कुराकानी गन्यो दार्जीलिङ संसदीय क्षेत्रका भाजपा सांसद राजु विष्टको नेतृत्वमा रक्षामन्त्रीसँग भेट गर्ने पहाड़का प्रतिनिधि दलमा दार्जीलिङ र खरसाङका विधायक क्रमैले नीरज जिम्बा र बीपी बजगाईं, क्रामाकपा प्रमुख आरबी राई, गोरामुमो अध्यक्ष मन घिसिङ अनि दार्जीलिङ जिल्ला भाजपा अध्यक्ष कल्याण देवान प्रमुख थिए।

भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले मीडियालाई जनाए अनुसार प्रतिनिधि दलले दार्जीलिङ जलपहाड़को गोर्खा रिक्रुटमेण्ट डिपो (जीडीआर) मा सेना भर्नाका न्यालीहरूको संख्या बढ़ाउने अनुरोध गन्यो, जसले गर्दा दार्जीलिङ पहाड़, तराई र डुवर्सका युवाहरूले भारतीय सेनामा भर्ना हुने धेर अवसरहरू पाउन सकुन्। गोर्खा युवाहरूलाई सेनामा भर्नाको निम्ति शैक्षिक योग्यतामा छूट दिइएकोमा प्रतिनिधि दलले मन्त्रीलाई धन्यवाद दिँदै अनलाइन भर्ना प्रक्रियामा पनि माध्यमिक परीक्षामा उत्तीर्ण सबै युवाहरूले सेनामा भर्नाको निम्ति आवेदन गर्नसक्ने प्रावधान गर्ने अनुरोध गयो ।

वर्तमानमा सशस्त्र बलका केही शाखाहरूमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) क्षेत्रमा बसोबास गर्ने युवाहरूलाई छूट दिइएको कुरा जनाउँदै यस्ता सशस्त्र बलमा भर्नाको निम्ति तराई र डुवर्स लगायत भारतका अन्य भागमा बसोबासो गर्ने गोर्खा युवाहरूलाई पनि छूट दिइने अनुरोध प्रतिनिधि दलले रक्षामन्त्रीसमक्ष गयो पश्चिम बंगाल सरकारले मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयु) मा हस्ताक्षर गर्न अस्वीकार गरेको कारण दार्जीलिङमा सैनिक स्कूलको स्थापनामा अनावश्यक विलम्ब भइरहेको आरोप सांसद विष्टले लगाए । यसबारे प्रतिनिधि दलले मन्त्रीसमक्ष हस्तक्षेपको अनुरोध गर्दै पश्चिम बंगाल सरकारसमक्ष मुद्दा उठाउने अनुरोध गरेको छ । प्रतिनिधि दलले उठाएका सबै विषयहरूमाथि गम्भीरतासँग विचार गर्दै आवश्यक कार्यवाही गरेर समाधानको प्रयास गर्ने आश्वासन राजनाथ सिंहले दिएको सांसद विष्टले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *