धनु-काँड़मा पदकको नजिक पुगिन् दीपिका

भारतकी दिग्गज महिला धनुर्धर दीपिका कुमारीले टोक्यो ओलम्पिकको धनु- काँडू (आर्चरी) प्रतियोगिताअन्तर्गत महिलाहरूका व्यक्तिगत धनुकाँड़ स्पर्धाको दोस्रो राउण्डमा अमेरिकाकी जेनिफर फर्नाण्डेज मुचिनोलाई पराजित गरिन् । दीपिकाले भूटानकी कर्मालाई पराजित गरी दोस्रो राउण्डमा स्थान बनाएकी थिइन् । दीपिकाले कर्मालाई सजिलैसँग ६-० ले पराजित गरी प्री-क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन् । उनले दोस्रो राउण्डमा पनि असाधारण प्रदर्शन गर्दै जेनिफरलाई ६-४-ले पराजित गरिन् ।

दीपिकाले प्री-क्वार्टर फाइनलमा पहिलो सेट गुमाइन् तर असाधारण पुनरागमन गर्दै परवर्ती दुईवटा सेट जितिन्। चौथो सेटमा दीपिका फेरि एकपल्ट फेरि पछि भइन् तर पाँचौँ तथा निर्णायक सेट आफ्नो नाम गरी उनले वाधालाई पार गरिन् । यसरी दीपिकाले पदक जित्ने दिशामा अझ एक कदम अघि बढाइन् । दीपिकाभन्दा पहिला भारतका पुरुष धनुर्धरहरू तरुणदीप राई र प्रवीण जाधवले पनि पहिलो राउण्ड जितेर दोस्रो राउण्डमा स्थान बनाएका थिए तर यी दुवै प्री-क्वार्टर फाइनलमा पराजित भएका थिए । पुरुष धनुर्धरहरू विफल रहेपछि दीपिकाले चाहिँ पदक जित्ने आशालाई कायम राखेकी छन् ।

दोस्रो हाफको खेलमा असाधारण प्रदर्शन गरे पनि भारतीय महिला हकी टोलीले धीमा शुरुवातको परिणाम भोग्नु पयो अनि ग्रेट ब्रिटेन विरुद्ध म्याचमा १४ ले हारको सामना गर्नु पन्यो । भारतीय महिला हकी टोलीको ओलम्पिक हकीको पू ए-मा यो लगातार तेस्रो हार हो । गत च्याम्पियन ब्रिटे तर्फबाट हेना मार्टिनले दोस्रो र १९औं मिनटमा दुई गोल गरिन्। यसबाहेक लिली आउस्ले (४१ औं मिनट) र ग्रेस बाल्सडन (५७औं मिनट) ले पनि स्कोरशीटमा नाम लेखाइन् । विश्वको ११औं नम्बरको टोली भारतको तर्फबाट एकमात्र गोल शर्मिला देवीले २३औँ मिनटमा छिराइन्। भारत यसअघि विश्वको नम्बर एक टोली नीदरल्याण्ड विरुद्ध १-५ अनि जर्मनी विरुद्ध ०-२ ले पराजित भएको थियो । यसरी भारतीय टोलीले पूल ए-मा अहिलेसम्म जीतको खाता खोलेको छैन । भारत अहिले ६ वटा टोलीहरूका पूलमा पाँचौँ स्थानमा रहेको छ । यसरी अब क्वार्टर फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्नको निम्ति भारतले आफ्नो अन्तिम दुईवटा म्याचमा आयरल्याण्ड अफ्रिका विरुद्ध जसरी भए पनि जीत हासिल गर्नु पर्ने छ । भारतले अब ३० जुलाईको दिन आयरल्याण्डको चुनौती स्वीकार्नेछ । ब्रिटेन विरुद्ध भारतले चारैवटा क्वार्टरमा एक-एक गोल खायो । जर्मनी विरुद्ध १-२ को पराजयसहित अभियान शुरु गर्ने ब्रिटेनको यो लगातार दोस्रो जीत हो । भारतले म्याचको पहिलो दुई गोल शुरुवाती क्षणमा अ अन्तिम दुई गोल अन्तिम मिनटमा खायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *