शिक्षक नियुक्तिमा भ्रष्टाचारको विवादले लामो समयदेखि राज्यको राजनीति तातिएको छ। यसअघि राज्यका 26 हजार शिक्षक तथा शिक्षाकर्मीले नोकरी गुमाइसकेका छन्। यसपल्ट गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) क्षेत्रमा नियुक्तिमा भ्रष्टाचारको आरोपमा 313 जना शिक्षकको नोकरी रद्द गर्न कलकत्ता उच्च न्यायालयका न्यायाधीश विश्वजित बसुले आदेश दिएका छन्।
बुधवार न्यायाधीश बसुले तत्काल यी शिक्षकहरूको वेतन रोक्ने निर्देशन दिए। साथै यी शिक्षकहरूको शैक्षिक योग्यता के हो भन्ने विषयमा पनि न्यायाधीशले प्रश्न उठाए। केही समयपछि विधानसभाको चुनाउ हुन लागेको सन्दर्भमा यस फसेलाले जीटीए तथा अनित थापामाथि दबाउ बढ़्ने राजनीतिक जानकारहरूको ठहर छ।
यता विज्ञप्ति जारी गरेर जीटीए कार्यपाल अनित थापाले शिक्षक-शिक्षिकाहरूको पक्षमा दृढ़तापूर्वक उभिएको बताएका छन्। तिनले लेखेका छन्, आज कलकत्ता उच्च न्यायालयले सुनाएको फसेलाले धेरैको मनमा प्रश्न उत्पन्न गरेको छ। तर म स्पष्ट भन्न चाहन्छु कि कुनै पनि शिक्षकको गल्तीको कारण यस्तोत भएको होइन। यो परिणाम हो गत 25 वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको स्पष्ट नियमावली नहुनुको कारणले भएको हो।
313 जीटीए शिक्षकहरूको नोकरी रद्दको फसेला
