दशैंअघि शहरको विभिन्न समस्याको समाधान हुने

दशैंअघि नै सिलगढ़ी शहरको सबैभन्दा ठूलो समस्या ट्राफिक समस्याको समाधान हुनेछ । यसबाहेक शहरलाई अझ सुन्दर बनाउन विभिन्न व्यवस्थासहित फोहोरमुक्त शहर बनाइनेछ । शहरमा भएका सबै पार्कहरूलाई नयाँ रुप दिइनेछ सोमवार शहरको ढाँचागत विकास व्यवस्थालिएर भएको बैठकपछि उक्त जानकारी सिलगढी नगरनिगमको प्रशासक बोर्ड चेयरम्यान गौतम देवले दिएका छन्। सिलगढ़ी शहरको गति र सौन्दर्य भीड़ समस्यामा बाधा बनिरहेको छ । दशैं अघि नै मानिसहरूलाई यस समस्याबाट मुक्ति दिलाउन सिलगढी नगरनिगमले विशेष परिकल्पना गरेको छ। गौतम देवले भने, शहरको टाउन स्टेशन नजिक क्षेत्रमा भएको बस बिसौनीलाई हटाएर तीनबत्ती सार्ने परिकल्पना गरेका छौं र उक्त विषयबारे राज्यका परिवहनमन्त्री फिरहाद हाकिमसित कुराकानी पनि भइसकेको छ ।

मन्त्रीले तीनबत्तीमा उत्तर बङ्गाल राष्ट्रिय परिवहन संस्थाको जमीनमा गैरसरकारी बस टर्मिनस बनाउने विषयमा सहमति दिएको छ तीनबत्ती मोड़मा जलपाइगढ़ी, कुटबिहार रुटको बस टर्मिनस निर्माण भइरहेछ र यहींबाट उक्त रुटको बस नियन्त्रण गरिनेछ । उक्त बस टर्मिनस आरम्भ भएपछि शहरभित्र जलपाइगढ़ी र कुचबिहारको बस प्रवेश गर्नेछैन जसले गर्दा भीड़को समस्या केही भए पनि कम्ति हुनेछ यो विषय लिएर प्रशासनिक स्तरमा आलोचना पनि आरम्भ भइसकेको छ लोकल बस स्ट्याण्ड हटाएपछि उक्त स्थानमा नगरनिमगले अति सुन्दर पार्किङ लट निर्माण गर्ने परिकल्पना लिएको छ बस स्ट्याण्ड स्थानान्तरसहित महानन्दा नदीमाथि छैटौं पुल निर्माण गर्न निगमले पहल गरेको छ। यस प्रसङ्गमा बोल्दै गौतम देवले भने, सूर्यसेन पार्क छेउको महानन्दा नदी अनि पर्यावरण रक्षा गर्दै पार्क नजिक भएर बाटो निकालेर सेभोक रोड पायल पछि हुँदै हिलकार्ट जोड़ने छैटौं पुल निर्माण गर्ने हाम्रो परिकल्पना छ उक्त पुल निर्माण भएपछि सेभोक रोड भएर यातायात गर्ने धेरै यानवाहन नयाँ पुल भएर सोझै जंक्शन पुग्न सक्छन् । यसो भए सेभोक रोडमा यानवाहनको सङ्ख्या कम्ति हुनेछ भने शहरबाट भीड़को समस्या स्थायी रुपमा कम्ति हुनेछ ।

मन्त्रीद्वारा लिएको परिकल्पना कत्तिको वास्तविक छ भन्ने विषयमा छानबीन गर्न र शहरबाट भीड़ समस्याको स्थायी समाधान गर्न राइट्स मार्फत समीक्षा गराउने भएको छ । १६ अगस्त राइट्सका प्रतिनिधि टोली सिलगढ़ी आएर सम्पूर्ण परिस्थिति छानबीन गर्नेछ । छानबीनपछि प्रतिनिधि टोलीले जम्मा गरेको रिपोर्टको आधारमा उक्त कार्य आरम्भ गरिनेछ ।अर्कोतिर, सिलगढ़ी शहरको प्रत्येक वार्डको बाटोमा एलइडी लाइट लगाइनेछ । यसको निम्ति आवश्यक अर्थ स्वीकृत पनि भइसकेको छ । शहरका जीणीवस्थामा पुगेका सड़कहरू मरमति गर्न नगरनिगमले पहल गर्नेछ । शहरमा यातायात व्यवस्था उन्नत गर्न २० करोड़ स्वीकृत भएको छ यसरी नै सिलगढ़ी शहरमा थुप्रिने गरेको मैला फोहोर लिएर पनि मानिसलाई समस्या भइरहेछ यस विषयमा नगरनिगमले विशेष पहल गर्नेछ गौतम देवले भने, दशैं अघि सिलगढ़ी शहरलाई फोहोरमुक्त बनाउने हाम्रो लक्ष्य छ । यसबाहेक फोहोर सफा गर्ने अझ केही गाड़ी किन्ने निर्णय लिएका छौं । जबसम्म अझ गाड़ी किन्दैन तबसम्म शहरबाट फोहोर हटाउन केही गाड़ी भाड़ामा लिनेछौं भन्ने जानकारी तिनले दिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *