दार्जिलिङ जिल्ला दोहोरो इन्जिनले होइन चार इन्जिनले बिकास हुन्छ, मन्दिरमा पूजापाठ गरेर पदयात्रामा सहभागी गोपाल लामाले भने

लोकसभा चुनावलाई लिएर राज्यको राजनीति चर्किएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले प्रचारप्रसार गरिरहेका छन् । दार्जिलिङ लोकसभा क्षेत्रका तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले शुक्रबार सिलगढीको मल्लगुड़ी हनुमान मन्दिरमा पूजा गरेर चुनावी अभियान सुरु गरेका छन्।

मन्दिरमा पूजा गरेपछि गोपाल लामा पदयात्रामा सहभागी भए । सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष र अन्य पार्टी समर्थकहरू यस र्‍यालीमा सहभागी थिए। गोपाल लामाले सर्वसाधारणको उत्साह देख्दा खुसी लागेको बताए ।

म जितमा शतप्रतिशत विश्वस्त छु । दार्जिलिङ जिल्लालाई डबल इन्जिनले होइन, चार इन्जिनले विकास गर्नेछौं। हामी मुख्यमन्त्री ममता बनर्जीका सबै योजनाहरूका बारेमा जनताको बीचमा जाँदैछौं।