भारतको राजधानी दिल्लीमा कोभिडबाट निको भएका केही रोगीहरूमा साइटोमीगलो भाइरस देखिएको छ । यस्ता पाँचवटा केसहरूको रिपोर्ट सार्वजनिक भएको छ। सर गंगाराम अस्पतालका प्राध्यापक अनिल अरोडाका अनुसार, ती रोगीहरू पेट दुखेको अनि दिसामा रगत आएको गुनासो गरिरहेका थिए ।
कमजोर रोगप्रतिरोधक क्षमता भएका व्यक्तिलाई यो भाइरस लाग्न सक्छ । यसले आँखा, फोक्सो, कलेजो, खाद्यनली, पेट, आन्द्रा र मस्तिष्कमा असर पार्ने गरेको देखिएको छ । यो भाइरस लागेपछि देखिने सामान्य लक्षणमा थकान, ज्वरो, घाँटी दुख्ने समस्या तथा मांसपेशीमा पीडा हुन् । दिसामा रगत देखिने समस्या पनि हुन्छ ।