अनुहार सुन्निएपछि एक टन तौल भएको गैँडाको सीटी स्क्यान

दक्षिण अफ्रिकामा पहिलो पटक एउटा जीवित वयस्क गैँडाको सीटी स्क्यान गरिएको छ।

एउटा वन्यजन्तु आरक्षमा बस्ने एक टन तौल भएको उक्त भीमकाय गैँडाको अनुहार सुन्निएको देखिएपछि रोगको निदान गर्न पशुचिकित्सकहरूले सीटी स्क्यान गर्न लगेका थिए।

परीक्षणले उसको दाँतको जरामा पीप जमेको पत्ता लाग्यो। चिकित्सकहरूले त्यो दाँत निकालेर फालिदिए।

अहिले ऊ स्वस्थ भएको बताइएको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *