ऋतिक र कट्रीनाको विज्ञापनको आलोचना, जोमाटोले दियो सफाई

भारतको अनलाइनमार्फत खाना उपलब्ध गराउने कम्पनि जोमाटोले बलिउड अभिनेता ऋतिक रोशन तथा अभिनेत्री कट्रीना कैफलाई लिएर बनाएको विज्ञापन विवादमा तानिएको छ ।

उक्त कम्पनिले आफ्नो नयाँ विज्ञापनले यत्तिको आलोचना व्यहोर्छ भन्ने सोचेकै थिएन ।

सामाजिक सञ्जालमा मानिसहरुले उक्त विज्ञापनको खुलेर आलोचना गर्न थालेका छन् ।

मानिसहरुले उक्त कम्पनीले खाना डेलिभरी गर्ने कर्मचारीहरुको शोषण गर्छ भन्ने आरोप लगाएका छन् ।

तर उक्त कम्पनीले आफ्नो विज्ञापनमा फूड डेलिभरी गर्नेहरुलाई एउटा हिरोको रुपमा प्रस्तुत गरिरहेको बताएको छ ।

‘हाम्रो विज्ञापनले सही सन्देश दिन्छ, तर मानिसहरुले त्यसको गलत अर्थ निकालिरहेका छन्, तर विज्ञापनको माध्यमबाट डेलिभरी एक्जिक्यूटिव्सले आफ्नो कमिट्मेन्ट देखाइरहेको छ’, कम्पनिले भनेको छ ।

यसका साथै डेलिभरी ब्वाइका साथ मानिसले राम्रो व्यवहार गर्नु आवश्यक छ भन्ने कुरा पनि कम्पनीले विज्ञापनको माध्यमबाट सन्देश दिन खोजेको कम्पनीले बताएको छ ।

जोमाटोले आफ्ना डेलिभरी ब्वाइलाई धेरै काम गराउने गरेको आरोप लागेको छ, तर कम्पनीले उनीहरुको ध्यान राखेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *