तपाईँहरूलाई उत्साह छैन जस्तो लाग्छ। केरलको सुन तस्करी मुद्दालाई कर्नाटकमामा स्थानान्तरण गर्ने विषयमा केन्द्रीय जाँच संस्था इन्फोर्समेण्ट डाइरेक्टोरेट (ईडी) लाई सर्वोच्च न्यायालयले यसै भाषामा हप्काएको छ। सन् 2020 को जुलाई महीनामा तिरुवनन्तपुरम विमानस्थलमा 14 करोड़ 82 लाख रुपियाँको सुन फेला परेको थियो। ईडीले त्यस सुनको तस्करी मुद्दालाई एनारकुलमको विशेष पीएमएलए न्यायालयबाट हटाएर कर्नाटकको विशेष पीएमएलए न्यायालयमा लैजान चाहन्छ। तिनीहरूको भनाइमा, मुद्दामा आरोपी चारजना व्यक्तिहरू प्रभावशाली छन् अनि तिनीहरूको केरल सरकारका उच्च स्तरीय अधिकारीहरूसित सम्बन्ध छ। यद्यपि स्थानान्तरणको मुद्दा सर्वोच्च न्यायालयमा प्रस्तुत भए पनि ईडीले आज फेरि सुनुवाइ स्थगनको आवेदन गरेको थियो। त्यसपछि न्यायाधीश ऋषिकेश रायको बेञ्चले केन्द्रीय जाँच संस्थालाई भन्यो, तपाईँहरूसित उत्साह छैन जस्तो लाग्छ। सर्वोच्च न्यायालयले यस मुद्दाको सुनुवाइ आगामी छ हप्ताका लागि स्थगित गरेको छ।