आज भारतका यी प्रदेशमा मतगणना हुँदै

भारतका ५ प्रदेशमा भएको विधानसभा चुनावअन्तर्गत आज मतगणना हुँदैछ । उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको मतगणना हुँदैछ । जनमत कैद भएका इलेक्ट्रोनिक भोटिङ मशिन बिहीवार बिहान खुल्दैछन् ।

मतदान सकिएपछि राजनीतिक दलका कार्यकर्ताले मशिनको रेखदेख गरिरहेका थिए । चुनावी सर्वेक्षणले उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टी (भाजपा) र पञ्जाबमा आम आदमी पार्टी (आप) ले जित्ने अनुमान गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *