प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम मनका कुरा को ८५औं प्रकरणअन्तर्गत देशलाई सम्बोधन गरे। मोदीको २०२२ सालको यो पहिलो मनका कुरा कार्यक्रम थियो, जुन महात्मा गान्धीको पुण्यतिथिको अवसरमा ११.३० बजी शुरू भयो । कार्यक्रममा मोदीले विभिन्न कुरा साझा गर्दै भ्रष्टाचारबारे पनि बोले । तिनले भने, भ्रष्टाचार एउटा धमिरा सरह हो, जसले देशलाई खोक्रो बनाइदिन्छ ।
यसबाट छुटकारा पाउन तिनले देशवासीहरूसँग आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिने अपील गरे । प्रधानमन्त्री मोदीले भ्रष्टाचाररूपी धमि राबाट छुटकारा पाउन देशवासीलाई एकसाथ यसको विरुद्ध काम गर्न भने मोदीले देश-विदेशका एक करोड़भन्दा अधिक नानीहरूले तिनलाई पोस्टकार्डको माध्यममा आफ्ना मनको कुरा पठाएको बताए।
उत्तर प्रदेशकी एकजना केटीले पोस्टकार्डमा तिनले २०४७ सालसम्म भ्रष्टाचारमुक्त भारत देख्न चाहेको भनी लेखेको बताउँदै मोदीले भने, तपाईंले भ्रष्टाचारम उक्त भारतको कुरा गर्नुभएको छ, भ्रष्टाचार धमिरा सरह हो, जसले देशलाई खोक्रो परादिन्छ, यसबाट छुटकारा पाउन २०४७ सालको प्रतीक्षा किन गर्नु ? यो एउटा यस्तो काम हो, जो देशका सबै मानिसहरूले आजका युवाहरूसँग मिलेर गर्नुपर्छ अनि यसलाई चाँडोभन्दा चाँड़ो गर्नुपर्छ, तिनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार समाप्त गर्न भने, सबै देशवासीले आफ्नो कर्तव्यहरूलाई प्राथमिकता दिन नितान्त आवश्यक छ। तिनले भने, जहाँ कर्तव्यको भावना छ, जहाँ कर्तव्य सर्वोच्च छ, त्यहाँ भ्रष्टाचार हुन सक्दैन ।