भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना भाइरसबाट १ लाख ८० हजार ४५६ जना संक्रमण मुक्त भएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ हजार १८८ जनाको मृत्यु भएको छ।
भारतमा अहिले ९ लाख ९४ हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै भारतमा अहिलेसम्म १ अरब ७० करोड २१ लाख ७२ हजार ६१५ जनालाई खाेप लगाइसकिएको छ।