भारतमा कोरोनाबाट थप ३८५ जनाको मृत्यु, ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघ्यो

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। संक्रमण फैलिएसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३८५ जनाले ज्यान गुमाएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा थप २ लाख ५८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार एकैदिन २ लाख ७१ हजार बढीमा संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ५१ हजार ७४० जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघेको छ। सोमबारको तुलनामा ओमिक्रोन ६.०२ प्रतिशतले बढेको हो। हाल सक्रिय संक्रमितको  संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ। भारतमा हालसम्म १ अर्ब ५७ करोड २० लाख ४१ हजार ८२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *