भारतमा पुनः कोरोना महामारी बढिरहँदा यसको असर बलिउडमा पनि देखिएको छ। सिनेक्षेत्रमा धमाधम फिल्महरु प्रदर्शनबाट पछि हटिरहेका छन् भन् भने बलिउडका कैयौं कलाकारलाई कोरोना संक्रमण भएको छ। बढ्दो संक्रमण र नयाँ भेरियन्टको त्रासबीच बलिउडमा थुप्रै कलाकारहरुमा कोरोना महामारी पुष्टि भएको छ।
हाल बलिउडमा महामारी पुष्टि भएका अभिनेतामा जोन अब्रहामदेखि अर्जुन कपुरसम्म रहेका छन्। जोनले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूसँगै श्रीमती प्रिया रुन्चाललाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। हाल उनी परिवारसँगै आफ्नो घरमा क्यारेन्टिननमा बसिरहेका छन्।
अभिनेत्री मृणाल ठाकुरले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। उनले आफू संक्रमित भएको बताउँदै चिकित्सकको सुझाव र सल्लाहसँगै निगरानीमा रहेर क्वारेन्टिन बमासिरहेको बताएकी छिन्।
बलिउडका दिग्गज अभिनेता तथा चर्चित भिलेन प्रेम चोपडा र उनकी श्रीमती उमा चोपडालाई पनि कोरोना संक्रमण भएको छ।
८६ वर्षका चोपडालाई कोरोना संक्रमण भएका कारण उनी चिकित्सकको निगरानीका लागि लीलावती हस्पिटलमा उपचाररत रहेका छन्। चिकित्सकले उनी ८० वर्षभन्दा माथि रहेपछि संक्रमणको प्रभाव धेरै नदेखिएको बताएका छन्।
अभिनेत्री एकता कपुरले पनि सामाजिक सञ्जालमार्फत केही दिनअघि आफूलाई कोरोना संक्रमण भएको बताएकी थिइन्। उनले आफूले आवश्यक मापदण्ड र सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै कोरोना संक्रमण पुष्टि भएपछि घरमा क्वारेन्टिनमा बसिरहेको बताएकी छिन्। अर्की अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण भएको छ। उनले पनि सामाजिक सञ्जालमार्फत आफूमा संक्रमण पुष्टि भएको र चिकित्सकको निगरानीमा क्वारेन्टिनमा रहेको बताएकी छिन्।
बलिउडका चर्चित गायक सोनु निगमलाई पनि कोरोना संक्रमण भएको छ। उनले हालसालै सामाजिक सञ्जालमार्फत आफूसँगै आफ्नो परिवारमा कोरोना संक्रमण भएको बताएका थिए। निगमकी पत्नी मधुरिमा निगम र उनका १४ वर्षका छोरा निवान निगमलाई पनि कोरोना संक्रमण भएको छ।
त्यस्तै, अभिनेता अर्जुन कपुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। होम क्वारेन्टिइनमा बसेका उनी हाल कोरोना संक्रमणमुक्त भइसकेका छन्।