भारतमा थप २५ हजारमा कोरोना पुष्टि, मृतकको संख्या ५ लाख ११ हजार नजिक

भारतमा कोरोना संक्रमण दर निरन्तर ओरोलो लागिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ९२० जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको कुल संख्या भएयता हालसम्म ४ करोड २७ लाख ८० हजार नाघेको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ  । 

पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार २५४ जना डिस्चार्ज भएका छन् । भारतमा हालसम्म ४ करोड १९ लाख ७७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । 

हाल भारतमा २ लाख ९२ हजार ९२ जना सक्रिय संक्रमित छन् । त्यस्तै, गत २४ घण्टामा भारतमा ४९२ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १० हजार ९०५ पुगेको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *